Search
Close this search box.
Search
Close this search box.

कोरोना संक्रमणबाट मृत्यु भएका बुद्धशान्तिका लावुङको अन्त्योष्टि गरियो

बुद्धशान्ति । झापामा आज बिहान कोरोना संक्रमणबाट मृत्यु भएका बुद्धशान्ति गाउँपालिका वडा न. ३ का ६८ वर्षिय देवशंकर लावुङको अन्त्योष्टि गरिएको छ ।

उनको आज बिहान ७ बजे बिर्तामोडको बिर्तासिटि हस्पिटलमा मृत्यु भएको थियो । उनी कात्तिक १ गते अस्पताल भर्ना भएका थिए । उनको हिजो पिसिआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो ।

लावुङको शवलाई नेपाली सेनाको सहयोगमा बुद्धशान्ति स्वास्थ्य शाखाले व्यवस्थापन गरेको शाखा प्रमुख भोला अधिकारीले बताए ।

“१ हजार ३ सय ३७ जनाको पिसिआर गरिएकोमा पोजेटिभ संख्या ५३ जना, ४१ जना संक्रमित निको भएका, ९ जना होम आइसोलेसनमा बसेका र १ जना हस्पिटल आइसोलेसनमा बसेका छन् ।”

बुद्धशान्तिमा आजका मितिसम्म एकहजार तीनसय सैँतिस जनाको पिसिआर गरिएकोमा पोजेटिभ संख्या ५३ जना रहेको बुद्धशान्ति गाउँपालिका स्वास्थ्य शाखा प्रमुख भोला अधिकारीले बताएका छन् । जसमा ४१ जना संक्रमित निको भएका, ९ जना होम आइसोलेसनमा बसेका र १ जना हस्पिटल आइसोलेसनमा बसेका छन् ।

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या बुद्धशान्तिमा २ र झापामा ८७ पुगेको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *