कोरोना संक्रमणबाट वडा सदस्यको निधन

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ का वडासदस्य शान्तिदेवी परियारको कोरोना संक्रमणबाट मृत्यु भएको छ। भेरी अस्पतालको आइसोलेसन कक्षमा उपचारका क्रममा ६७ वर्षीया परियारको सोमबार मृत्यु भएको हो।  

EPIC

यो सँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ। यही कात्तिक ३ गते उनको पिसिआर रिपोर्ट पोजेटिभ आएको थियो। श्वास प्रश्वासमा समस्या आएपछि कात्तिक ४ गते साँझ भेरी अस्पतालको प्रि–आइसोलेसन कक्षमा भर्ना गरिएको थियो।  

उनको रोगको प्रकृती अनुसार गर्नुपर्ने सबै उपचार गर्दा पनि निको नभएको जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए। परियारको नेपाली सेना र पारिवारीक पक्षबाट शव ब्यवस्थापन गरिएको उनले बताए। शान्तिदेवी नेपाली कांग्रेसको तर्फबाट वडासदस्यमा निर्वाचित भएकी थिईन्।

EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

tihar