कोरोना संक्रमण तीव्र भएपछि अस्ट्रियामा पुनः लकडाउन

भिएना,एजेन्सी । अस्ट्रियाले दोस्रो पटक देशव्यापी लकडाउन घोषणा गरेको छ। रात्रिकालीन कर्फ्यू पछि दोस्रो पटक लकडाउन घोषणा गरेको छ।

EPIC

दोस्रो पटकको लकडाउन साढे दुई साताका लागि चान्सलर सेबास्टियन कुर्जले घोषणा गरेका हुन्।

मंगलबारबाट लागू हुने नयाँ व्यवस्थापछि विद्यालयहरू बन्द हुने बताइएको छ। तर भर्चुअल माध्यमबाट पढाइ भने सुचारु हुने चान्सलर कुर्जले बताए। 

अस्ट्रियामा शुक्रबार ९ हजार ५८६ नयाँ संक्रमित भेटिएका थिए। त्यस्तै शनिबार ७ हजार ६३ जना भेटिएका छन् भने ८५ कोरोना संक्रमितको मृत्यु भएको छ।

EPIC EPIC EPIC

यससँगै हालसम्म अस्ट्रियामा १ लाख ९८ हजार कोरोना संक्रमित भेटिएका छन् भने १ हजार ७४६ संक्रमितको मृत्यु भइसकेको छ।

EPIC

पछिल्लो समय युरोपियन मुलुकमा दोस्रो लहरको कोरोना संक्रमण तीव्र फैलिएसँगै विभिन्न मुलुकले पुनः लकडाउन घोषणा गरेका छन्।

EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

tihar