Search
Close this search box.
Search
Close this search box.

कोरोना संक्रमण बढेपछि दैलेखको दुनैमा आवतजावत बन्द 

दैलेख ।कोरोना भाइरसको जोखिम बढेपछि दैलेखको सदरमुकाम दुनैमा आवतजावत बन्द गरिएको छ । सदरमुकाममा कोरोना संक्रमितको संख्या एक सय ५० नाघेपछि प्रशासनले कडाइ गरेको हो ।

जिल्ला प्रशासन कार्यालयले १५ कात्तिकसम्म अत्यावश्यक कामबाहेक आवतजावतमा रोक लगाएको हो । त्यस्तै, जिल्लाका सबै स्थानीय तहका केन्द्र र बजार क्षेत्रमा आवतजावतमा रोक लगाइएको छ । मास्क प्रयोग अनिवार्य गरिएको छ ।

घरबाहिर निस्कँदा मास्क नलगाएको भेटिएमा पक्राउ गरिने प्रहरीले जनाएको छ । सदरमुकाममा एक सातामा १४ स्वास्थ्यकर्मी, १५ सुरक्षाकर्मी, तीन सञ्चारकर्मी, २० होटेल व्यवसायी, २० व्यापारी र ७८ सर्वसाधारणमा संक्रमण देखिएको छ । स्वास्थ्यकर्मीले सदरमुकाममा कोरोना संक्रमण समुदायस्तरमै फैलिएको बताएका छन ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *