Search
Close this search box.
Search
Close this search box.

कोशी अस्पतालमा जेष्ठ नागरिकको स्वास्थ्य सुविधा कटौती

koshi-hospital

मोरङ– कोसी अस्पतालले ज्येष्ठ नागरिकलाई दिँदै आएको स्वास्थ्य सेवा सुविधामा कटौती गरेको छ । कर्मचारीलाई तलब खुवाउन समस्या हुने भन्दै अस्पतालले ज्येष्ठ नागरिकको स्वास्थ्य सुविधा खोसेको हो ।

अस्पतालको असोज ४ गतेको बैठक ज्येष्ठ नागरिकलाई दिँदै आएको स्वास्थ्य सेवा कटौती गर्ने निर्णय गरेको मेडिकल सुपरिटेण्डेण्ट डाक्टर चुमनलाल दासले बताए । उनले सामाजिक सेवा अन्तर्गतका मापदण्ड अनुसार सेवा दिने जानकारी दिए ।

अस्पतालले दिँदै आएको सेवा कटौती गरेर ज्येष्ठ नागरिकका लागि चारवटा शैया थपेको छ । अस्पतालको आम्दानी समेत गरेकाले यस्तो निर्णय गर्नुपरेको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालले ६० वर्ष देखि ७० वर्षसम्मका लागि ५० प्रतिशत र ७० वर्ष माथिकालाई निःशुल्क स्वास्थ्य सेवा दिँदै आएको थियो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *