विराटनगर : कोशी प्रदेश सरकारको मर्मतसम्भार तथा पुनःनिर्माण कोषमा करुणा फाउण्डेशनले १० लाख रुपैयाँ सहयोग गरेको छ ।
कोशी प्रदेश सरकारले गत असोज १२ र १३ गतेको वर्षाले भएको क्षतिको पुनःनिर्माण गर्न स्थापना गरेको कोषमा फाउण्डेशनले सहयोग गरेको हो ।
बिहीबार एक कार्यक्रमबीच करुणा फाउण्डेशनका कार्यकारी निर्देशक दीपकराज सापकोटा र निर्देशक योगेन्द्र गिरीले संयुक्त रूपमा १० लाख रुपैयाँको चेक मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई हस्तान्तरण गरेका हुन् ।
बाढी, पहिरो तथा डुबानले भएको क्षतिको द्रुत गतिमा पुनःनिर्माण गर्न आवश्यक रहेको कारण सहयोग गरिएको करुणा फाउण्डेशनले जनाएको छ । चेक बुझ्दै मुख्यमन्त्री कार्कीले पुनःनिर्माण तथा मर्मतसम्भारका लागि फाउन्डेशनले सहयोग गरेर सुरुवात गरेकोमा धन्यवाद दिए ।
फाउण्डेशनले प्रदेश सरकार र स्थानीय तहसँगको साझेदारीमा कोशी प्रदेशका स्थानीय तहमा अपाङ्गता रोकथाम तथा पुनःस्थापना सम्बन्धी काम गर्दै आएको छ ।