Search
Close this search box.
Search
Close this search box.

कोशी र मधेसका सवारीसाधनमा इम्बोस्ड नम्बर अनिवार्य

झापा। कोशी र मधेस प्रदेशमा चल्ने सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरिने भएको छ । फागुनदेखि लागू हुने गरेर दुई प्रदेशमा इम्बोस्ड नम्बर प्लेटलाई अनिवार्य गरिएको हो । 

 १ फागुनदेखि नयाँ सवारी दर्ता तथा सवारी नामसारी गर्दा अनिवार्य रूपमा इम्बोस्ड नम्बर प्लेट हुनुपर्नेछ । त्यस्तै, आगामी १ जेठदेखि सवारी दर्ता प्रमाणपत्र नवीकरण गर्दा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बिहीबार राजपत्रमा सूचना प्रकाशन गर्दै इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरेको हो । सार्वजनिक, पर्यटन, निजी, सरकारी र संस्थानका सवारीसाधनले तोकिएको मितिभित्र अनिवार्य रूपमा इम्बोस्ड नम्बर जडान गर्नुपर्ने राजपत्रमा उल्लेख छ । 

राइड सेयरिङलाई सेवा उद्योगको मान्यता
सरकारले राइड सेयरिङलाई सेवा उद्योगको मान्यता दिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बिहीबार राजपत्रमा सूचना प्रकाशन गर्दै राइड सेयरिङलाई सेवा उद्योगको मान्यता दिएको हो । सेवा उद्योगअन्तर्गतको अनुसूचीको ६६ नम्बरमा राइड सेयरिङलाई राखिएको छ । नेपालमा पठाओ, इनड्राइभलगायत राइड सेयरिङ सञ्चालनमा रहेका छन् । 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *