क्रिकेट टीमको बन्द प्रशिक्षणअघि पीसीआर, आज स्वाब लिइयो

काठमाडौं। अभ्यासका लागि बन्द प्रशिक्षणमा बोलाइएका राष्ट्रिय क्रिकेट टीमका खेलाडीहरुको आज पीसीआर परीक्षणका लागि स्वाब लिइएको छ।

EPIC

कोरोना संक्रमणको जोखिकाबीच अभ्यास सुरु गरेको नेपाल क्रिकेट संघ (क्यान) ले बन्द प्रशिक्षणमा सहभागी हुने खेलाडी, प्रशिक्षक र व्यवस्थापकहरूको स्वाब लिएको हो।

आज टीम मेम्बर, फिजियोथेरापी र प्रशिक्षक गरी १९ जनाको पीसीआर परीक्षणका लागि स्वाव लिइएको छ। यसैगरी १३ जना मेन्टेनेन्स स्टाफको पनि पीसीआर परीक्षण गरिने भएको छ। उनीहरुको पनि आज नै स्वाब लिइएको छ। सबैको पीसीआर परीक्षण कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा भएको हो।

बन्द प्रशिक्षण भोलि (बुधबार)देखि सुरु हुँदै छ। बन्द प्रशिक्षणका लागि क्यानले २२ जना खेलाडीलाई बोलाएको छ।

EPIC EPIC EPIC

कोरोना भाइरस महामारीको कारण नेपालले नौ महिनापछि बन्द प्रशिक्षण हुन लागेको हो प्रशिक्षक जगत टमटाले प्रशिक्षण दिनेछन्। बन्द प्रशिक्षणका लागि कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, पूर्वकप्तान पारस खड्का, सन्दीप लामिछाने, शरद भेसावकर, करण केसी, वसन्त रेग्मी, विनोद भण्डरी र सोमपाल कामीलाई बोलाइएको छ।

EPIC

यस्तै सुसन भारी, ललित नारायाण राजवंशी, आरिफ शेख, पवन सराफ, अविनास बोहरा, सुवास खकुरेल, रोहितकुमार पौडेल र कुशल मल्ललाई पनि प्रशिक्षणका लागि बोलाइएको छ। यसैगरी राशिद खान, कमलसिंह ऐरी, सन्दीप जोरा, किशोर महतो र भुवन कार्की पनि बन्द प्रशिक्षणमा परेका छन्।

EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

tihar