Search
Close this search box.
Search
Close this search box.

क्रिस्टियानो रोनाल्डोलाई कोरोना संक्रमण

लण्डन, एजेन्सी । स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

जुभेन्ट्सका प्रभावशाली फरवार्ड खेलाडीका रूपमा रहेका रोनाल्डोले नेश्नल लिगमा आफ्नो देशका लागि दुई खेल मात्रै खेलेका थिए । स्पेन र फ्रान्सविरुद्ध खेलिसकेपछि उनी कोरोना संक्रमित भएका हुन् । तर उनले खेलेका दुबै खेल गोल रहित भएका थिए ।

भोलि अर्थात् बुधबार राति उनी स्वेडेन विरुद्ध खेल्ने तालिका तय भएको थियो । तर ३५ वर्षीय रोनाल्डोको कोभिड १९ परीक्षणको क्रममा पोजिटिभ रिपोर्ट आएपछि सेल्फ आइसोलेशनमा बस्नेछन् ।

यद्यपि उनलाई कोरोनाको कुनै लक्षण नदेखिएको बताइएको छ । यसअघि जमैकाका विश्व नम्बर १ धावक उसेन बोल्ट लगायत खेलाडीलाई पनि कोरोना संक्रमण भएको थियो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *