Search
Close this search box.
Search
Close this search box.

खरेलले सन्दकपुरमा भेटे दुर्लभ जन्तु ‘ठुटे खरायो’

मेचीनगर । पर्यटन कार्यालय काँकरभिट्टाले विश्व पर्यटन दिवसको अवसरमा आयोजना गरेको जैविक विविधता पर्या–पर्यटन सम्बन्धि फोटो तथा चित्रकला प्रदर्शनीमा इलामको सन्दकपुरमा हालै भेटिएको जंगली ठुटे खरायो (फरेस्ट पाइका) को तस्वीर पनि राखिएको थियो ।

मेची चरा तथा वन्यजन्तु संरक्षण समाजका अध्यक्ष देवेन्द्र खरेलले भारतसँग सीमा जोडिएको उत्तरी इलामको सन्दकपुर क्षेत्रमा करिब तीन महिनाअघि ठुटे खरायाकोे फोटो खिचेका हुन् ।

EPIC

वाइल्ड लाइफ फोटोग्राफर समेत रहेका खरेलले सन्दकपुर–२ मा नेपालमा दुर्लव मानिएको ठुटे खरायो भेटिएको दावी गरे ।

‘इलामको सन्दकपुर जाँदा सन्दकपुरको आहाल क्षेत्रमा फोरेष्ट ठुटे खरायो फेला पर्याे’, उनले भने–‘ नेपालमा हाल ७ वटा प्रजातिका (पाइका) थिए । अब यो थपिएर ८ वटा पुगेको छ ।’

खरेलले यसअघि इलाम र मेचीनगरमा हङरायो, वन कुकुर, हरियो परेवा लगायतका पंछी र जनावर पनि पहिलो पटक फेला पारेका थिए ।

उनका अनुसार नेपालको जैविक विविधतामा विभिन्न प्रकारका ठुटे खरायोहरू देखिएका छन् । तर, जंगली ठुटे खरायो अहिलेसम्म नेपालमा रेकर्ड भएको देखिँदैन । सानो आकारको यो स्तनधारी जनावर मूलतः भारत, चीन, भुटान र म्यानमारको उच्च हिमाली क्षेत्रमा मात्रै पाइने गरेको उनको भनाई छ ।

यसले मौसम अनुसार रंग फेर्छ । गर्मीमा गाढा रातो–खैरो वा कालो–खैरो हुन्छ भने हिउँदमा खैरो हुन्छ । यसको लम्बाइ लगभग १५.५ देखि १८.५ सेन्टिमिटर र तौल ११० देखि १४८ ग्रामसम्म हुन्छ । यसको टाउको र कान अन्य खरायोको भन्दा अनौठो र फरक हुन्छ ।

प्रदर्शनीमा कोशी प्रदेशमा पाईने विभिन्न प्रजातिका चरा, रेडपाण्डा, हरियो विरालो, सर्प, कछुवा, ठकठके, लगायतका ३९ वटा फोटो राखिएको थियो ।

खरेलले मेचीनगरमा मात्रै ३४२ प्रजातिका चरा रहेको दावी गर्दै जैविक विविधताका हिसावले मेचीनगर तथा कोशी प्रदेश अन्य प्रदेश भन्दा धनी रहेको बताए ।

विश्वमा दुर्लभ मानिएका विभिन्न प्रजातिका चरा तथा स्तनधारी जनावर नेपालमा भेटिन थालेकोले नेपालमा पर्या पर्यटनको प्रचुर सम्भावना रहेको उनको बुझाई छ ।

प्रदर्शनीमा झापाका देवेन्द्र खरेल, सन्दिप लुईंटेल, शंखर क्षेत्री लुईटेल, इलामका प्रज्वल खवास, टेकराज गिरी, माधव लुईटेल, धडकन शर्मा, मोरङका सूर्य सुवेदी, राजेन्द्र उप्रेती, सुनसरीका अनिश तिम्सिना, पाँचथरका गिरीराज बाँस्कोटा र जिवन याङ्माका कोशी प्रदेशमा पाइने वन्यजन्तुका तस्वीरहरु राखिएको थियो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *