खानेपानीको मुहान आम्तेक ल्याउन खोज्दा भैसिपंखाबासी आन्दोलित

दिपेन्द्र लुइटेल भोजपुर । भोजपुर नगरपालिका १० भैसिपंखाको नरपायामा रहेको खानेपानीको मुहान आम्तेकमा लैजान चलखेल भएको खानेपानी उपभोक्ता समितीले बिरोध जनाएका छन ।

जिल्ला सदरमुकाममा शान्तिपुर्ण र्‍याली निकाल्दै बिरोध जनाएका छ्न । जिम्मेवार ब्याक्ती हरुनै खानेपानी माफियाकरणमा लागेको समेत बिरोधकर्ताले प्रतिक्रिया दिएका छन ।

EPIC EPIC EPIC

सयौं हेक्टर सिचाइ भैरहेको पानीको मुहान अन्यत्र लैजादा आफ्नो जमिन बाझो हुने भएकाले बिरोधमा उत्रिनु परेको बिरोधकर्ताको भनाइ छ । साबिक भैसिपंखाको ३,४,५,६र ७ स्थानिय संगै वडा नम्बर १२ मा समेत कुलो मार्फत सिचाइ गर्न प्रयोग भइरहेको मुहानको जग्गा वडा न ११ आम्तेकलाई जग्गा धनिले जग्गाबेछे पछि आन्दोलनमा उत्रिनु परेको स्थानीयको भनाइ छ ।

स्थानीय हरिकुमार राईको नाममा रहेको पानीको मुहानभएको जग्गानै गत बर्षनै आम्तेक खानेपानी उपभोक्ता समितिको नाममा पास भएको स्थानियले थाहा पाएपछी बिरोधमा उत्रनु परेको गुनासो गरेका छन ।

मेयर आलेले गत बर्ष स्थानीय हरुसङ्ग मौखिम सहमति गरि आयोजना सञ्चालनको लागि नगरपालिकाले सम्झौता अगाडि बढाएको हुदा आफुहरु आन्दोलित हुनुपरेको बताएका छ्न ।

हिजो भएको छलफलमा मेयर आलेले आम्तेकलाइ पानी दिने मनसाय अप्रत्यक्ष रुपमा प्रकट गरे पनि आम्तेकलाई पानी दिनु पर्छ वा दिनु हुन्न भन्न सकेको मेयर आलेको अबस्था छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *