Search
Close this search box.
Search
Close this search box.

खुकुरी प्रहारबाट एक युवक गम्भीर घाइते

सुरुङ्गा । झापाको कनकाई नगरपालिका २ सुकेडाँगी ढुङ्गेखोलामा खुकुरी प्रहारबाट स्थानीय दिपेश मगर गम्भीर घाइते भएका छन् । उनको विर्तामोड स्थित बिर्तासिटी अस्पतालको आइसियुमा उपचार भइरहेको छ ।

आज बेलुकी सवा ७ बजे स्थानीय २४ बर्षिय युवा अनिल राईको खुकुरी प्रहारबाट अर्का स्थानीय १८ बर्षिय दिपेश मगर गम्भीर घाइते भएका छन् ।

मगर घरमै बसिरहेका बेला राई मगरको घरमा मादक पदार्थ र गाजा सेवन गरि मगरकै घरमा रहेको खुकुरी झिकेर ३ पटक मगरको गर्दनमा प्रहार गरेको स्थानीयले बताएका छन ।

हाल खुकुरी प्रहार गर्ने राईलाई इलाका प्रहरी कार्यालय सुरुङ्गाको टोलीले हाल पक्राउ गरेको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *