Search
Close this search box.
Search
Close this search box.

खुलामञ्चमा खाना खुवाउने अभियानमा रोक

काठमाडौं । काठमाडौं महानगरपालिकाले खुलामञ्चमा खाना खुवाउने अभियानमा रोक लगाएको छ ।

सडकमै खाना खुवाउँदा आफ्नो बेइज्जत भएको भन्दै महानगरपालिकाले खाना वितरण गर्न रोक लगाएको हो ।

केही अभियन्ताहरुले लामो समयदेखि खुलामञ्चमा कोरोनाका कारण समस्यामा परेका श्रमिक, गरीब र असहायलाई खान वितरण गर्दै आएका थिए ।

अहिलेको अवस्थामा सडकमा खाना खुवाउनु पर्ने अवस्थाका मानिसहरु नभएको तथा यदी भइहाले सरकारको तर्फबाट मानव सेवा आश्रममार्फत त्यस्ता मानिसहरुको उद्धार गरेरे व्यवस्थापन गरिरहेको महानगरको दावी छ ।

महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको निर्देशनमा खटिएका प्रहरीहरुले केहि दिन अघिबाट अभियान्ताहरुलाई निशुल्क खाना अभियान बन्द गराइरहेका छन् ।

महानगरपालिकाले खाना खुवाउने भए होटल तथा पार्टी प्यालेसहरुमा लगेर खाना खुवाउन अनुरोध गरेको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *