Search
Close this search box.
Search
Close this search box.

खेलाडी छनौटप्रति असन्तुष्टि जनाउँदै झापाका क्रिकेट खेलाडी

झापा । झापा क्रिकेटसंघ क्यानले प्रधानमन्त्री राष्टिय क्रिकेटको छनौट खेल सूचारु गरेको छ । तर आठवटा टिम मात्र छनोटमा राखिएको भन्दै झापाका खेलप्रेमी,गाउँका खेलाडी सहभागी क्लबले असन्तुष्टि जनाएका छन् ।

नगरपालिका /गाउँपालिका बाट छनोट गरी सूचना बनाई टिम तयारी गर्नूपर्नेठाउँमा जिल्ला झापा बोडले आठवटा क्लबबाट मात्र छनोट गरेकाले सो क्लबमा गाउँगाउँका खेलाडी नपरेको खेलप्रेमीको गूनासो छ।

क्रिकेटसंघ पदाधिकारीले दस महिना अघिको खेल हेरेर आँफुखुसी खेलाडी छनौट गरिएकोमा खेलाडीप्रति असर पर्ने खेल शुभचिन्तकको भनाई छ।

झापा शिवसताक्षी नगरका एक खेलाडीले भने, आफ्ना एकाडेमी बाहिरका प्रतिभालाई मूल्यांकन गर्ने अवसर किर्केट संघ झापाले नदिएको र विभिन्न क्षेत्रमा रहेका क्लबसंग सहकार्य नगरी छनौट गरेकाले क्रिकेट क्षेत्रमा लागेका खेलाडीको मनोवल गिर्ने बताए ।

यता झापाकै एक खेलाडी अमीत चूडालले ,- साना गल्तीले गर्दा नै नेपाली क्रिर्केटको अन्तराष्ट्रिय खेलमा नतिजा संतोषजनक आउन नसकेको बताउँछन् ।

यता क्रिकेटसंघ झापाले अहिलेका आठवटा क्लवलेनै राष्टिय लिग खेल्ने र यी आठवटै टिममा सम्पूर्ण झापाका उत्कृष्ट खेलाडी पर्ने गरेको दावी गर्दै आएको छ ।

आउँदो पौष ११गतेदेखि हूने प्रधानमन्त्री महिला पूरूष किर्केट प्रतियोगिताका लागि क्यानले तयारी अनूरूप पूरूषको लागि ३९ जिल्ला र महिलाको लागि २३ जिल्लाबाट छनौट क्यापको लागि आग्रह गरेको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *