Search
Close this search box.
Search
Close this search box.

खैरो हिरोहिनसहित झापाको बिर्तामोडबाट एक युवक पक्राउ

झापा। खैरो हिरोहिनसहित झापाको बिर्तामोडबाट प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ ।

आज दिउँसो बिर्तामोड–५ का संजय तामाङलाई शान्ति टोल क्षेत्रमा मोटरसाइलमा पूर्व तर्फ जाँदैं गर्दा प्रहरीले पक्राउ गरेको हो । उनको साथबाट प्रहरीले २६ ग्राम हिरोइन बरामत गरेको छ ।

विशेष सुराकीका आधारमा इप्रका अनारमनी र लागुऔषध नियन्त्रण व्यूरो काँकरभिट्टाको संयुक्त टोलीले तामाङलाई पक्राउ गरेको झापा प्रहरीका प्रवक्ता राकेश थापाले जानकारी दिए ।

तामाङले शरिरका विभिन्न भागमा लुकाईछिपाई राखेको अवस्थामा हिरोइन फेला पारेको हो । पक्राउ परेका युवालाई थप अनुसन्धानका लागि इप्रका बिर्तामोडमा राखिएको डिएसपी मुकुन्द रिजालले बताएका छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *