Search
Close this search box.
Search
Close this search box.

खोटाङको हलेसीमा पाँच शैय्याको अस्थायी कोभिड अस्पताल सञ्चालन

खोटाङ – खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले पाँच शैय्याको अस्थायी कोभिड अस्पताल सचालनमा ल्याएको छ । कोरोना सङ्क्रमितको उपचारको लागि नगरपालिकाले बिहीबारदेखि कोभिड अस्पताल संचालनमा ल्याएको हो ।

बिहीबार एक कार्यक्रमको आयोजना गरि नगरप्रमुख इवन राई र नगरउपप्रमुख बिमला राईले अस्थायी कोभिड अस्पताल उद्धाटन गरेका हुन् ।

विशेषज्ञ डाक्टरसहितको सेवा प्रवाह गर्नेगरी वडा –५ दुर्छिमस्थित छापडाँडा स्वास्थ्य चौकी भवनमा कोभिड अस्थायी अस्पताल संचालनमा ल्याइएको हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख राईले बताएका छन् ।

दश स्थानीय तह रहेको जिल्लामा यसअघि दिप्रुङ चुइचुम्मा गाउँपालिकामा पनि पाँच शैय्याकै अस्थायी कोभिड अस्पताल सञ्चालनमा ल्याइएको थियो ।

प्रदेश एक सरकारको दस लाख लागतमा स्थापना गरिएको अस्पताल तीन महिनामात्र संचालन हुने हुँदा पनि नगरपालिकाले अस्थायी कोभिड अस्पताललाई निरन्तरता दिने बताएको छ । नगरपालिका भित्रका संक्रमितको कोभिड अस्पतालमा राखेर उपचार गरिने प्रमुख राईले जानकारी दिए । संचालनमा ल्याइएको अस्थायी कोभिड अस्पतालमा विशेषज्ञ डा.कृष्ण राउतसहित दुई जना स्टाफनर्स र एक जना कार्यालय सहयोगीले सेवा दिन थालेका छन् ।

नगरपालिकामै अस्थायी कोभिड अस्पताल संचालन हुँदा कोरोना सङ्क्रमितलाई बाहिर लैजानु पर्ने बाध्यता हटेपछि स्थानीयबासिन्दा हर्षित भएका छन् ।

दश स्थानीय तह रहेको जिल्लामा यसअघि दिप्रुङ चुइचुम्मा गाउँपालिकामा पनि पाँच शैय्याकै अस्थायी कोभिड अस्पताल सञ्चालनमा ल्याइएको थियो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *