Search
Close this search box.
Search
Close this search box.

खोप लगाएका नागरिक भन्छन्, ‘बाँच्ने आशा जाग्यो’

तीर्थ तिम्सिना, बुद्धशान्ति। सरकारले उपलब्ध गराएको कोभिड – १९ विरुद्धको भेरोसेल खोप लगाउन झापाको बुद्धशान्ति गाउँपालिकामा आएका नागरिक खुसी भएका छन् ।

गाउँपालिकाले मंगलबार र बुधबार खोप लगाउने व्यवस्था गरेको थियो। कोरोना सङ्क्रमणको उच्च जोखिममा रहेको बेला सङ्क्रमणबाट बच्नका लागि एउटै मात्र भरपर्दो मानिएको कोरोनाविरुद्धको खोपको पहिलो मात्रा लगाउन आएका बुद्धशान्ति -३ का गायत्री सिग्देलले खुशी व्यक्त गरेका छन् ।

EPIC

सङ्क्रमणका कारण उच्च जोखिममा रहेको जिल्लामा कोरोनाविरुद्धको खोप लगाउन पाएपछि खोप लगाउनेहरूले बाँच्ने आशा बढेको भन्दै धेरै नागरिकहरुले खुशी व्यक्त गरेका हुन् ।

बुद्धशान्ति गाउँपालिका केन्द्रमा पुगेर कोरोनाविरुद्धको पहिलो मात्राको खोप लगाएकी सावित्री गौतम निकै खुशी देखिएकी थिईन् ।

५५ बर्ष माथिका नागरिकलाई खोप लगाउने बारे गाउँपालिकाले गरेको सूचना पढे/सुनेदेखि नै खोप लगाउन उत्साहित मेनका पौडेललाई खोप लगाइसकेपछि आनन्द महसुश भएको छ । उनी भन्छिन्, “सरकारले अब सबै जनतालाई छिटोभन्दा छिटो खोप लगाएर जनताको जीवनरक्षा गर्नमा लागि परोस् । ”

सुरुवाती समयमा कोरोनाविरुद्धको खोपका बारेमा फैलिएको अनावश्यक हल्लाले कोहिकसैले खोप नलगाए पनि पछि विस्तारै सबैको खोपप्रतिको विश्वास बढ्दै गएकाले खोप लगाउनेहरूको सङ्ख्या बढेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख भोला अधिकारीले बताए ।

बुद्धशान्तिमा मंगलबार र बुधबार गरि २८०५ जनाले लगाए खोप लगाएका छन् । खोप बुद्धशान्ति गाउँपालिका केन्द्र र शान्तिनगर स्वास्थ्यचौकीबाट लगाइएको थियो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *