गगन थापा भन्छन्ः धनराज, ऋषिकेश र लीलाबल्लभले काँग्रेस–एमाले भएकैले उन्मुक्ति पाएका हुन्

काठमाडौं।

कांग्रेस महामन्त्री एवं सरकार सञ्चलान गर्न गठित संयन्त्रका संयोजक गगनकुमार थापाले आफ्नो पार्टी उपसभापति धनराज गुरुङ तथा एमाले नेताद्वय सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेल र मानव तस्करीको आरोप लागेका कोशीका पूर्वमन्त्री लीलाबल्लब अधिकारीले सत्ता पक्षका नेता भएका

EPIC EPIC EPIC

कारण कानूनी कारबाहीबाट उन्मुक्ति पाएको स्वीकार गरेका छन् ।
उनले विपक्षमा भएकाहरुमाथि एकै प्रकारको कसुरमा कानुनी कारबाही भएको र सत्ता पक्षका नेताहरु कारबाहीको दायराबाहिर परेको भन्ने आममानिसमा परेको मनोविज्ञान सही भएको बताए ।

काँग्रेस र एमालेमा भएका कारण पोखरेल, गुरुङ र अधिकारीले अतिरिक्त लाभ पाएको र त्यो गलत भएको उनको भनाइ थियो ।

‘चाहे त्यो लेखा सभापति जोडिएको विषय होस्, चाहे मेरो पार्टीको उपसभापति जोडिएको विषय होस् । चाहे त्यो केही सांसद जोडिएको विषय होस् । यी विषयका सन्दर्भमा जुन तरिकाले व्यवहारहरू हुनुपर्थ्यो, अतिरिक्त लाभ कांग्रेस, एमाले भएका कारणले पाउनुभयो भन्ने छ’, अनलाइनखबर डटकमलाई दिएको अन्तर्वार्तामा थापाले भनेका छन्, ‘चाहे त्यो लीलाबल्लभ अधिकारीको हकमा होस् । उहाँहरूले अतिरिक्त लाभ पाउनुभएको छ । त्यो गलत हो, अतिरिक्त लाभ पाउनुहुन्न ।’

थापाले गल्ती गर्नेलाई सरकारले समान व्यवहार गर्नुपर्ने उल्लेख गरे । सत्तापक्ष भएकै कारण उन्मुक्ति पाउनुपर्ने र सत्ता पक्षकालाई कारबाही नभएकाले आफ्नो पार्टीकालाई पनि हुनुहुँदैन भन्नु दुवै गलत भएको तर्क उनको छ ।

‘मेरो पार्टीभित्र ठग, भ्रष्टाचारी वा गलत काम गर्ने कोही छ, तिम्रो पार्टीभित्र पनि छन् भन्ने धारणा देखियो । तिम्रो पार्टीभित्रको मानिसहरूलाई दण्ड–सजाय दिइएको छैन, मेरो पार्टीकोलाई पनि दिन पाइँदैन भन्ने एउटा खालको आइडिया छ । अर्को के रह्यो भने आफ्नालाई जोगाउनुपर्दछ, अर्कोले दण्ड बेहोर्नु पर्दछ’, उनले भने ।

कानूनले भनेको दण्डनीय काम गरेको भए आफ्नै बा र पार्टी सभापति भए पनि दण्ड पाउनुपर्छ भन्नेमा आफ्नो पहिलेदेखिकै धारणा रहेको थापाले बताएका छन् । आफूले प्रधानमन्त्री केपी ओली, पार्टी सभापति शेरबहादु देउवा र सरकार सञ्चालनका लागि गठित कार्यदलमा त्यसबारे बोल्ने गरेको दाबी थापाले गरे ।

‘जुनजुन ठाउँहरूमा म छु त्यहाँ भनिरहेको छु । बाहिर पनि भनिरहेको छु । अतिरिक्त लाभ पाएको मलाई लागिरहेको छ । म गलत पनि हुनसक्छु, तर मलाई लागिरहेको छ’, उनले भने, पूरै सरकार संगठित रूपमा यो यो केसमा लागेर गर्छु भनेर गर्यो भनेर थाहा नभई निष्कर्षमा पुग्न चाहिं चाहन्नँ । बाहिरबाट हेर्दै गर्दा अतिरिक्त लाभ पाइरहेको देखिन्छ । कहीं न कहीं छुट सुविधा पाइरहेको देखिन्छ । जुन कुरा ठ्याक्कै बन्द हुनुपर्दछ ।’

आफ्नो पार्टीभित्रका ठग, भ्रष्टाचारी वा गलत काम गर्नेमाथि कारबाही हुँदा तिम्रो पार्टीभित्र पनि छन् भन्ने र तिम्रो पार्टीभित्रको मानिसहरूलाई दण्ड–सजाय दिइएको छैन, मेरो पार्टीको लाई पनि दिन पाइँदैन भन्ने आइडिया देखिएको उनले औंल्याए । आफ्नालाई जोगाउनुपर्छ र अर्कोले दण्ड बेहोर्नुपर्छ भन्नेमा आफू पहिल्यैदेखि नरहेको दाबी पनि थापाले गरे ।

सहकारी ठगी र मानव तस्करी प्रकरणमा मुछिएका काँग्रेस–एमाले नेतामाथि प्रहरी र सरकारी वकिलले किन मुद्धा चलाएन भन्नेमा उनले प्रश्न गरेका छन् ।

‘चाहे त्यो सहकारी ठगी प्रकरण होस्, चाहे त्यो मानव बेचबिखनको केसमा होस् । कहीं प्रहरीले अनुसन्धान गरेको छ । सरकारी वकिलले मुद्दा नचलाइदिएको छ । के आधारमा सरकारी वकिलले मुद्दा नचलाउने भनेको हो ? लीलाबल्लभ अधिकारीको सन्दर्भमा के आधारमा मुद्दा नचलाउने भनेको हो ? कम्तीमा अदालत त जानुपथ्र्यो होला । अदालतले रिट अघि नबढाएपछि अहिले बोल्ने बाटो बन्द भयो । यो कुरा मनमा छ र भन्नुपर्ने ठाउँमा भनिरहेको छु । यस्तो सन्दर्भमा राज्य फेयर देखियो भने अनि बल्ल कामहरू गर्न सजिलो हुन्छ’, थापा भन्छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *