Search
Close this search box.
Search
Close this search box.

गट्ठाघरमा भएको दुर्घटनमा ज्यान गुमाने महिला नभएर पुरुष भएको पुष्टि

भक्तपुर। भक्तपुरको गट्ठाघरमा बिहीबार दिउँसो भएको सवारी दुर्घटनामा ज्यान गुमाउने व्यक्ति महिला नभएर पुरुष भएको खुलेको छ।

जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक राजन कार्कीले विज्ञप्ति जारी गरेर स्कुटर चालक महिला नभएर पुरुष भएको पुष्टि गरेका हुन्। यसअघि दोलखाको मेलुङ गाउँपालिका ४ का शम्भु नेपालीले प्रहरी कार्यालयमा पुगेर दुर्घटनामा ज्यान गुमाउने आफ्नी बहिनी भएको जानकारी दिएपछि प्रहरीले सुरुमा त्यही विवरण सार्वजनिक गरेको थियो। तर उनले गलत जानकारी दिएको खुलेपछि प्रहरीले सनाखतको लागि थप प्रयास गरेको थियो।

EPIC

मृतक झण्डै ४०–४५ वर्षको पुरुष भएको परिसरले जनाएको छ। तर, उनको सनाखत भने हुन सकेको छैन। ‘साउन ३१ गते १३ ४० बजेको समयमा ठिमी नगरपालिका ३ गठ्ठाघरमा काठमाडौँबाट भक्तपुरतर्फ आउँदै गरेको ना६ख २१७३ नम्बरको ट्रकले बा३९प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक अन्दाजी ४० ४५ वर्षको पुरुषको मृत्यु भएकोमा प्रहरी वृत्त ठिमी भक्तपुरबाट अनुसन्धान अधिकृतसहितको प्रहरी टोली खटिइ प्रारम्भिक अनुसन्धान कार्य गरी लाश पोस्टमार्टमको लागि टिचिङ अस्पताल काठमाडौँ लगिएको छ,’ विज्ञप्तिमा भनिएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *