गडिगाँउ माविले गर्यो ‘तुलाराम सर’को बिदाई

झापा– बुद्धशान्ती-५,शान्तिनगर स्थित गडिगाँउ मावीका कर्मचारी तुलाराम बास्तोलाले आफ्नो ४० बर्षे कार्यकाल पूरा गरेका छन्।
४० बर्ष विद्यालयमा अनवरत सेवा गरेको भन्दै बिद्यालयले सम्मान सहित बिदाई गरेको छ।शुक्रबार एक कार्यक्रमका बीच बास्तोलाई सम्मान-पत्र र नगद ६६ हजारका साथ बिदाई गरीएको हो।

EPIC


बास्तोलालाई बिद्यालय ब्यवस्थापन समितिला पुर्वअध्यक्ष धन बहादुर श्रेष्ठ र गिताप्रसाद अधिकारीले फुलमाला र अभिरले सम्मान गरेका थिए भने सहायक प्रधानाध्यापक रुद्रमणि खतिवडाले प्रमाणपत्र प्रदान गरेका थिए।

EPIC EPIC EPIC


बिद्यालयका प्रधानाध्यापक घनश्याम आचार्यले सरल र मृदुभाषी बास्तोलाले विद्यालयको इतिहासमा अमेट नाम लेखाउन सफल भएको उल्लेख गरे।उनले बास्तोला जस्ता कर्मठ कर्मचारी पाउनु विद्यालयको गौरव बिषय भएको समेत बताए।


कार्यक्रममा बोल्दै विद्यालय ब्य्वस्थापन समितिका अध्यक्ष निलमणि न्यौपानेले बास्तोलाले गडिगाउ माविको विद्यार्थी,शिक्षक,कर्मचारी भएर तीन फरक रुपमा सेवा गर्न सफल भएको बताएको थिए। मेचिनगर घर भएका तुलाराम बास्तोला वि.स.२०३८ यता विद्यालयमा कर्मचारीको रुपमा कार्यरत थिए।

कम बोल्ने,आफ्नो काममा दत्तचित्त भएर लाग्ने भएकै कारण उनी सधैं सबैको पृयपात्र बनेका थिए। “कसैलाई भनि नबिझाउने भएकैले पनि तुलारामसरका बारेमा कसैले आलोचना गर्नुपरेन” बिद्यालयका शिक्षक फडिन्द्रमनी न्यौपानेले बताए।
कार्यक्रममा बुद्धशान्ति गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष बासुदेव खतिवडा र वडा न.६ का शम्भुप्रसाद पौडेल, शिक्षक अभिभावक संघका अध्यक्ष शेखर गडतौला,स्थानिय अभिभावक,पुर्व विद्यार्थी,शिक्षक र विद्यार्थीहरुको उपस्थिति थियो।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

Bishnu Prasad Lamichane

Leave a Reply

Your email address will not be published. Required fields are marked *