Search
Close this search box.
Search
Close this search box.

गणतन्त्र दिवसमा कोभिडबाट मृत्यु हुनेहरुको सम्झनामा दिप प्रज्वलन

बुद्धशान्ति । शान्तिनगरमा गणतन्त्र दिवसको अवसर पारेर राष्ट्रिय झण्डा फहराइएको छ।
१४औं गणतन्त्र दिवसको अवसर पारेर भ्वाइस अफ युथ शान्तिनगरले राष्ट्रिय झन्डा फहराउदै कोभिड-१९ का कारण ज्यान गुमाएकाहरुको सम्झनामा दिप प्रज्ज्वलन समेत गरेको छ।
बुद्धशान्ति-५ शान्तिनगर स्थित महानन्द चोकमा उक्त कार्यक्रम सम्पन्न भएको हो।

अघिल्ला बर्षहरुमा पनि सो स्थानमा झन्डा राखेर दिप प्रज्ज्वलन गर्ने गरेको भएपनी यसपाला भने मृतकको स्मरणमा मौन धारण गरिएको भ्वाइस अफ युथका संयोजक बिष्णु लामिछानेले बताए।

उनले भने,”कोरोना कहरमा धेरैले ज्यान गुमाए,उनिहरुप्रती श्रद्धाञ्जली अर्पण गर्दै अन्य संक्रमितहरुको शिघ्र स्वास्थ लाभको कामना गरेका छौं”।
स्थानीयहरुको सहभागितामा सम्पन्न उक्त कार्यक्रममा वडा नम्बर ५का वडासदस्य डेगेन्द्र कार्की, मेची अभियानका सुरेश खतिवडा लगायत स्थानीय युवाहरु उपस्थित थिए।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *