गम्भीर अपराधमा मिलापत्र नगर्न स्थानीय तहलाई निर्देशन

३० असोज, काठमाडौं । बलात्कारजस्तो जघन्य अपराधमा पनि मिलापत्र गराउने कार्यमा जनप्रतिनिधिहरु नै संलग्न भएका समाचार सार्वजनिक भइरहेको बेला सरकारले त्यस्ता काम रोक्न सबै स्थानीय तहहरुलाई निर्देशन दिएको छ ।

EPIC

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार सबै स्थानीय तहहरुलाई परिपत्र गर्दै त्यस्ता गतिविधिमा रोक्न भनेको हो ।

मन्त्रालयका सहसचिव एवम् प्रवक्ता बसन्त अधिकारीले भने, ‘गम्भीर प्रकृतिका कसूरमा पनि सहमति भएका समाचारहरु आइरहेका छन् । त्यसैले त्यस्ता कसूरहरु रोक्न सबै स्थानीय तहहरुलाई आवश्यक निरोधात्मक तथा प्रवर्द्धनात्मक कार्य गर्न/गराउन भनिएको छ ।’

यसअघि सप्तरीको डाक्नेश्वरी नगरपालिका ७ मा पञ्चायत बसेर बलात्कार पीडित र पीडकबीच मिलापत्र गराइएका समाचार सार्वजनिक भएको थियो । पीडित युवतीलाई प्रहरीमा उजुरी गर्न जानसमेत रोक लगाइएपछि ती युवतीले आत्महत्या गरेकी थिइन् ।

EPIC EPIC EPIC

यस्तै प्रकृतिका घटनाहरु सार्वजनिक भएपछि महान्यायाधिवक्ताको कार्यालयले पनि चासो व्यक्त गर्दै त्यस्ता कार्य रोक्नका लागि प्रवर्द्धनात्मक तथा निरोधात्मक कार्यहरु गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरेको थियो ।

EPIC
EPIC

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

tihar