गरिमा एग्रोद्वारा कचनकवलका कृषकलाई उन्नत धानको बीउ वितरण, उत्कृष्ट कृषकलाई सम्मान

झापा। गरिमा एग्रो फार्मले कचनकवलका कृषकहरूको उत्पादन क्षमता वृद्धि गर्ने उद्देश्यले हल्दिनाथ-१ जातको उन्नत धानको बीउ वितरण गरेको छ। कचनकवल–६ मा आज आयोजित विशेष कार्यक्रमका बीच २५ प्रतिशत कृषको र ७५ प्रतिशत किशानको लागतमा २४ सय किलो धानको बीउ ६० जना कृषकलाई वितरण गरिएको हो।

गरिमा एग्रोका प्रोप्राइटर मानप्रकाश संग्रौलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा, गत वर्ष फार्मले वितरण गरेको बीउबाट उत्कृष्ट उत्पादन गरेका ११ जना कृषकलाई सम्मान गरिएको थियो। सम्मानित कृषकहरूमा तीलरुपा बराल, बोलप्रसाद दंगाल, रोमा विष्ट, पार्वता भण्डारी, शान्ता कुमार ढुंगेल, टंकनाथ धमला, दुर्गा लामिछाने, यसोदादेवी निरौला, नरमाया लामिछाने, अर्पणा कट्टेल बराल, र वासना ढुंगेल रहेका छन्। सम्मानित कृषकहरूले गरिमा एग्रोद्वारा उपलब्ध गराइने बीउ उत्पादनमा उन्नत र कुशल साबित भएको बताए।

EPIC EPIC EPIC

गरिमा एग्रोले कृषकलाई उन्नत प्रजातिका बीउ उपलब्ध गराउँदै स्थानीय स्तरमै उत्पादन वृद्धि गर्न प्रेरित गर्दै आएको छ। हल्दिनाथ-१ धानको बीउ स्थानीय मौसम र माटोको अनुकूल प्रजाति भएकाले यसले कृषकलाई राम्रो प्रतिफल दिन सहयोग पुर्‍याउने विश्वास गरिएको छ।

कार्यक्रममा अनेमसंघ कचनकवलकी अध्यक्ष तथा गत वर्षकी उत्कृष्ट कृषक अर्पणा कट्टेल बरालले गरिमा एग्रोले वितरण गरेको बीउ प्रयोग गरेर उल्लेखनीय उत्पादन गरेको अनुभव सुनाइन्। उनका अनुसार यस्ता पहलहरूले कृषकहरूलाई आर्थिक रूपमा आत्मनिर्भर बन्न सहयोग पुर्‍याउँछन्।

समाजसेवी लक्ष्मी बझगाईंले किसानहरूको मेहनतले मात्र समृद्धि सम्भव हुने बताउँदै उन्नत बीउ प्रयोगले उत्पादनमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरिन्। साथै, उनले कृषि क्षेत्रमा गरिमा एग्रोले गरेको योगदानको प्रशंसा गरिन्।

कार्यक्रममा बोल्दै अतिथिहरुले उन्नत बीउ तथा प्रविधिको प्रयोगमार्फत स्थानीय कृषकहरूको जीवनस्तर सुधार गर्न यस्ता कार्यक्रमहरूको महत्व औँल्याए। मित्तल एग्रोका प्रोप्राइटर मोहन मित्तलले कृषकलाई आत्मनिर्भर बनाउन सामूहिक प्रयासको खाँचो रहेको बताए।

कार्यक्रममा सहभागी कृषकहरूले कृषि क्षेत्रमा उन्नत प्रविधिको उपयोगलाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै यस्ता कार्यक्रममा स्थानीय सरकारको सहकार्य आवश्यक रहेको धारणा राखे।

गरिमा एग्रोका प्रोप्राइटर मानप्रकाश संग्रौलाले कृषि विकासका लागि फार्मले आगामी दिनमा पनि यस प्रकारका सहुलियत योजनाहरू सञ्चालन गर्ने प्रतिबद्धता जनाए। उनका अनुसार हल्दिनाथ-१ धानको बीउले उत्पादन मात्र वृद्धि गर्ने नभई बीउको गुणस्तरप्रति कृषकहरूको विश्वास पनि बढाएको छ।

कृषि क्षेत्रलाई आधुनिक प्रविधिसँग जोड्दै उत्पादन क्षमतामा वृद्धि गर्न गरिमा एग्रोको यो कदम सराहनीय रहेको स्थानीय कृषकहरूले बताएका छन्।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
2
+1
0
+1
1
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *