गर्भ जाँच गराउँदा उपहार

भैरहवा – तिलोतमा नगरपालिकाले नगरक्षेत्रका गर्भवती महिलाले नियमित चार पटक सरकारी स्वास्थ्य संस्थामा गर्भ जाँच गराए विभिन्न ‘उपहार’ दिने व्यवस्था मिलाइएको छ ।
नगरपालिकाले गत वर्षबाट मातृशिशु स्वास्थ्य प्रवद्र्धनका लागि सुरु गरेको ‘गर्भवतीसँग नगर उप–प्रमुख कार्यक्रम’ लाई थप प्रभावकारी बनाउन परिमार्जनसहित चालू आर्थिक वर्षमा निरन्तरता दिँदै उपहार व्यवस्था गरेको हो ।

EPIC


जसअनुसार गर्भवती महिलाले ४ महिनामा स्वास्थ्य जाँच गराउँदा सुपानेट झुलसहित सन्देशमूलक क्यालेण्डर, ६ महिनामा पोषण सेट, ८ महिनामा सरसफाई सेट र ९ महिनामा मसला सेट प्राप्त गर्ने नगर उप–प्रमुख जगेश्वरदेवी चौधरीले बताइन् ।

गर्भावस्था विशेषावस्था भएकोले यो समयमा महिलालाई अतिरिक्त स्वास्थ्य सेवा, पोषण, स्याहार, सरसफाई आवश्यक हुने हुँदा त्यसको सन्देश प्रवाहको लागि यो कार्यक्रम सुरु गरिएको उप प्रमुख चौधरीले बताइन् ।


उप प्रमुख चौधरीका अनुसार नगरका बर्थिङ सेन्टरमा सुत्केरी सेवा लिने महिलाले शिशु–स्याहार सेट तथा संघीय सरकारले उपलब्ध गराउने यातायात रकमको अतिरिक्त थप एक हजार रुपैयाँ प्रोत्साहन रकम प्राप्त गर्नेछन् । यस्तै नगरपालिकाले संघीय सरकारबाट प्राप्त हुने आइरन चक्कीसँगै आन्तरिक स्रोतबाट व्यवस्थापन गरेर गर्भवती महिलालाई निःशुल्क रुपमा क्यालसियमसमेत दिने गरेको छ ।

गर्भावस्था विशेषावस्था भएकोले यो समयमा महिलालाई अतिरिक्त स्वास्थ्य सेवा, पोषण, स्याहार, सरसफाई आवश्यक हुने हुँदा त्यसको सन्देश प्रवाहको लागि यो कार्यक्रम सुरु गरिएको यो कार्यक्रमले गर्भवती महिलाको स्वास्थ्यमा विशेष ख्याल राख्न सबैको ध्यानाकर्षण गराउने र त्यसबाट गर्भवती महिला र नवजात शिशुको स्वास्थ्य राम्रो हुने उप प्रमुख चौधरीले बताइन् ।

EPIC EPIC EPIC


कार्यक्रमको प्रभावकारी कार्यान्वयनले नियमित गर्भजाँच गराउन सरकारी स्वास्थ्य संस्थामा जाने महिलाको संख्यामा वृद्धि भई मातृशिशु स्वास्थ्य प्रवद्र्धनमा टेवा मिल्ने बताईएको छ । नगरपालिकामा वार्षिक तीन हजार महिलाले गर्भवती सेवा लिने अनुमान छ । यो कार्यक्रमले सरकारी स्वास्थ्य संस्थाप्रतिको आकर्षण बढाउने नगरपालिकाको भनाइ छ ।

EPIC
EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

tihar