गाँजा तस्करी गरि भारत लैजान खोज्ने पक्राउ

विराटनगर /अवैध रूपमा तस्करी गरि भारतर्फत गाँजा लैजान लागेका एक जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।

EPIC

नेपालबाट चोरी तस्करी गरि २० केजी गाँजा भारततर्फ लैजान खोज्ने सुनसरी बराहा नगरपालिका ७ का ३१ वर्षिय गणेश राईलाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।

को २ प ४२४१ नम्बरको अटो टेम्पुको सिट मुनी लुकाएर गाँजा भारततर्फ लैजान लागेको अवस्थामा सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट बिओपी भुटहा जहदाका सशस्त्र प्रहरी निरीक्षक जंग बहादुर सिंहको कमाण्डमा खटिएको मोवाइल गस्ती टोलीले बरामद गरेको हो ।

बिओपी भुटहा जहदाका सशस्त्र प्रहरीको टोलीले चेकजाँचको क्रममा मोरङको जहदा गाउँपालिका १ भुटहाबाट आइतबार साझ गाँजा बरामद गरेको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी तीर्थ पौडेलले जानकारी दिए ।

EPIC EPIC EPIC

‘नियमित चेकजाँचको क्रममा भारततर्फ तस्करी हुन लागेको गाँजा सशस्त्र प्रहरीले बरामद गरेको हो,’ एसपी पौडेलले भने, ‘बरामद भएको गाँजा र पक्राउ परेका प्रतिवादीलाई आवश्यक कारवाहीको लागि इलका प्रहरी कार्यालय रानी विराटनगरलाई जिम्मा लगाएका छौं ।’ इप्रका रानी विराटनगरले गाँजा सहित पक्राउ परेका राईलाई लागूऔषध मुद्दामा सोमबार म्याद थप गरि अनुस्न्धान सुरू गर्ने भएको छ ।

EPIC

तस्करीमा लागेका गिरोहले पछिल्लो समय भारततर्फ गाँजा तस्करी गर्न प्रहरीको आँखा छल्न अनेक जुक्ती अपनाउने गर्दछन् । यस अघि सशस्त्र प्रहरी बिओपी रानी विराटनगरले भारततर्फ तस्करी हुन लागेको १ सय ४७ केजी गाँजा बरामद गरेको थियो ।

त्यसबेलामा तस्करीमा लागेका गिरोहले गाँजा तस्करी गर्न ट्याक्टरमा ‘फल्स बटम’ को प्रयोग गरेको थियो । गाँजा तस्करी गर्न ट्याक्टरमा फल्स बटम लगाएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । प्रदेश १ को पहाडी जिल्लाहरूमा अधिक मात्रामा गाँजाको खेती हुने गरेको छ । पहाडी जिल्लाहरूबाट आएको गाँजा अवैध रुपमा तस्करी भइ भारततर्फ जाने गर्दछ । पहाडको गाँजा भारत पु¥याउँदा महंगो मुल्यमा विक्री वितरण हुने भएकोले यसको तस्करी बढी हुने गरेको छ ।

EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

tihar