बुधबारे – अमेरिकामा कार्यरत झापा बुद्धशान्तिका गोपाल निरौला र उनकी पत्नी इन्दिरा निरौलाले बुद्धशान्ति गाउँपालिकालाई डस्टबीन सौजन्य गरेका छन् ।
उनीहरुले ८ थान डस्टबीन सौजन्य गरेका हुन् । लामो समय सम्म स्थानीय कर्णाली एजुकेसन फाउन्डेसनमा शिक्षकका रुपमा रहेका गोपाल निरौलाले बुद्धशान्तिको वातावरण हरियाली र स्वच्छ कायमनै रहोस् भन्ने उद्देश्यले डस्टबीन सहयोग गरिएको बताएका छन् ।
उनीहरुले सहयोग गरेको डस्टबीन बुद्धशान्ति गाउँपालिका वडा नं। १ स्थित ६ नम्बर टोल समितिका अध्यक्ष नेत्र बाँस्तोलाले गाउँपालिका अध्यक्ष मनोज प्रसाईं, उपाध्यक्ष भवानी खतिवडा र प्रमुख प्रशासकीय अधिकृत युवराज कट्टेललाई हस्तान्तरण गरेका थिए ।