गाउँपालिका उपाध्यक्षको रिट निवेदनमाथि अन्तरिम आदेश

हेटौडा। मकवानपुर जिल्लाको मनहरि गाउँपालिकाका तत्कालीन उपाध्यक्ष मनिला विष्टको राजीनामाबारे उच्च अदालत पाटन अन्तर्गतको हेटौँडा इजलासले परेको रिट निवेदनमाथि अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

EPIC

मङ्गलबार अदालतका न्यायाधीश राजकुमार वन र मेरिना श्रेष्ठको संयुक्त इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

अदालतले विष्टको राजीनामा पत्रमा मिति उल्लेख नभएको वा कुन मितिदेखि राजीनामा लागू हुने भन्ने उल्लेख नगरिएको जनाउँदै मुद्दाको टुङ्गो नलागेसम्म उपाध्यक्ष पदको पदपूर्तिको प्रक्रिया अघि नबढाउन समेत मनहरी गाउँपालिका कार्यालयलाई आदेश दिएको छ।

इजलासले ‘निवेदिकाको मागउपर प्रस्तुत मुद्दाको न्यायिक निरोपण हुँदाका बखत सम्बोधन हुने नै हुँदा सो विषयमा अन्तरिम आदेश जारी गर्नुपर्ने अवस्था देखिएन’ भनेको छ ।

EPIC EPIC EPIC
EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

tihar