Search
Close this search box.
Search
Close this search box.

गाजामा मारिए इजरायली मन्त्रीका छोरा

गाजामा इजरायली सेनाको भूमिगत ‘अप्रेशन’का क्रममा इजरायली सरकारका मन्त्री गाडी आइसेनकोटका छोरा गल मेइर आइसेनकोट माारिएका छन् । 

इजरायली रक्षा बलले दिएको जानकारीअनुसार गाजामा इजरायली सेनाको भूमिगत ‘अप्रेशन’का क्रममा ‘रिजर्भ सैनिक गल मेइरको मृत्यु भएको हो । 


इजरायली मन्त्रिपरिषद्‌मा विनाविभागीयमन्त्रीका रूपमा सामेल भएका गाडी आइसेनकोट छन् । उनकै छोरा गल मेइरको गाजामा मारिएका हुन् । 

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले गल मेइरको मृत्युप्रति शोक व्यक्त गरेका छन् ।

गल मेइरका बुबा सन् २०१५ फेब्रुअरीदेखि २०१९ जनवरीसम्म इजरायली रक्षा बल (आईडीएफ)को जनरल स्टाफ प्रमुख थिए । उनले चार दशकसम्म इजरायली सेनामा सेवा गरे ।

गाजामा अक्टोबर ७ देखि हालसम्म ८८ आईडीएफ सैनिक मारिएका छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *