Search
Close this search box.
Search
Close this search box.

गाडी बन्द गर्न खोज्ने ५ जना धरानबाट पक्राउ

एमालेको सङ्कल्प यात्रालाई अवरोध गर्ने क्रममा कोशी प्रदेशबाट पक्राउ परेका नेता तथा कार्यकर्ताको रिहाइको माग गर्दै सडक बन्द गर्न खोज्ने ५ जनालाई सुनसरीको धरानबाट प्रहरीले पक्राउ गरेको छ ।

सडक अवरुद्ध गर्न खोजेको आरोपमा सुमन चेम्जोङ, करुण राई, शम्भु राई पृथक्, सिताराम राई र हरि बान्तवालाई पक्राउ गरिएको प्रदेश नम्बर १ पुन नामकरण सङ्घर्ष समितिले जनाएको छ ।

प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले विभिन्न जिल्लामा पक्राउ गरिएका ३५ जना पहिचानवादी नेता तथा कार्यकर्ता, बिनाशर्त रिहाइको माग गर्दै मङ्सिर ३० र पुस १ गते सम्म कोशी प्रदेशमा यातायात बन्दको आव्हान गरेको छ ।

बन्द गर्न प्रदेशका विभिन्न स्थानमा पहिचानवादीहरू सडकमा निस्किएका छन् । मोरङको पथरी, उर्लाबारी, दमक, इलाम बजारमा बिहानै पहिचान वादीहरूले टायर बालेर सडक अवरुद्ध गर्ने प्रयास गरेका थिए ।

सडकमा निस्किएका नेता तथा कार्यकर्तालाई प्रहरीले बल प्रयोग हटाएको प्रहरीले जनाएको छ । प्रदेश प्रहरी प्रमुख डिआइजी राजेशनाथ बास्तोलाले प्रहरीले अवरुद्ध सडक खुलाएको बताए । उनले अहिले प्रदेश भरी यातायात सुचारु रहेको बताए ।

यस अघि मङ्सिर २६ गते यता खोटाङबाट पूर्व संस्कृति मन्त्री गोपाल किराँती, झापाका पाण्डपलाल चौधरी सहित बिर्तामोड, खोटाङ, भोजपुर, धनकुटा, तेह्रथुम, सङ्खुवासभा, उदयपुर लगायतबाट गरिएका हुन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *