गायक प्रकाश तिमिल्सिनाको निधन

काठमाडौं । गायक प्रकाश तिमिलसिनाको निधन भएको छ । प्रकाश तिमिलसिनाको शनिबार साँझ निधन भएको हो । 

EPIC

“घरमै बेडमा अचेत अवस्थामा फेला परेपछि परिवारले पाटन अस्पताल पुर्‍याएको थियो,” संगीतकार वसन्त सापकोटाले बाह्रखरीसँग भने, “अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।” 

EPIC EPIC EPIC

गायन प्रतियोगिता नेपाली ताराबाट उदाएका प्रकाश भैंसेपाटीमा बस्दै आएका थिए । उनका ‘प्रिय तिम्रो सिउँदोमा सिन्दुर भर्न देऊ…’लगायत दर्जनौं गीत लोकप्रिय छन् । 

प्रकाशको अन्तिम संस्कार आज (आइतबार) बिहान पशुपति आर्यघाटमा गर्ने तयारी रहेको संगीतकार अर्जुन पोखरेलले जानकारी दिए । 

उनी आँखाको उपचारका लागि लामो समयदेखि अमेरिका जाने प्रयासमा थिए । उनका दुवै आँखाको दृष्टि थिएन । 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *