गैँडा तस्करीका दोषी १५ वर्षपछि पक्राउ

चितवन। दुर्लभ एकसिंगे गैँडा चोरी शिकारी गरेका दोषी १५ वर्षपछि पक्राउ परेका छन्।

EPIC

पक्राउ पर्नेमा भरतपुर महानगरपालिका-२६, दिव्यनगरका ३६ वर्षीय सूर्य भन्ने सुरज चौधरी रहेका छन्।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार २०६२ असारमा शिसुवाघाटपारि भालुटापुमा गैँडालाई गोली हानी खाग बिक्री गरेको अभियोगमा उनी दोषी ठहर भएका हुन्।

२०६२ असोज १२ गते मुद्दा दायर भई २०६४ पुस २० गते निकुञ्जले चौधरीलाई १५ वर्ष कैद र एक लाख रूपैयाँ जरिवाना फैसला गरेको थियो।

EPIC EPIC EPIC

गैँडा तस्करहरूले दुईपटकसम्म गैँडा मार्ने असफल प्रयास गरेपछि नेपाली सेनाका भगौडा चौधरीलाई समेत समूहमा सामेल गरी गैँडा मारेको अन्य पक्राउ परेकाहरूको वयानबाट खुलेको उनले जानकारी दिए।

EPIC

उनीहरूले भारतबाट बन्दुक किनेर गैँडा मारेको खुल्न आएको छ।

चौधरीको समूहले पुष्पलाल भण्डारीको समूहलाई खाग बिक्री गरेको खुल्न आएको अधिकारीले जानकारी दिए।

निकुञ्जको फैसलापछि निज चौधरी जिल्लाकै गुञ्जनगर र खुरखुरेमा बसाइँसराइ गरेका थिए।

निजलाई खुरखुरेबाट बिहीबार पक्राउ गरिएको हो। यसै अवधिमा तीनपटक कतार गएर आएको पक्राउपछि चौधरीले वयान दिएका छन्। चौधरी एक वर्षअघि कतारबाट नेपाल आएका थिए।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले निकुञ्जले फरार अभियुक्तको खोजी प्रयासपछि चौधरी पक्राउ पर्न सफल भएको बताए।

चौधरीलाई जिल्ला कारागार कार्यालय चितवन पठाइएको उनले जानकारी दिए।

पछिल्लो समय तस्कर समूह सक्रिय भएसँगै निकुञ्ज चोरी शिकार नियन्त्रणका लागि विभिन्न नयाँ रणनीतिका साथ अघि बढेको जनाएको छ।

EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

tihar