Search
Close this search box.
Search
Close this search box.

गोबरको खाल्डोमा डुबेर अर्जुनधारामा तीन बर्षीय बालिकाको मृत्यु

छोटकरीमा

  • आइतबार बिहान गोबरमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।
  • गोबरको खाल्डोमा डुबेर मृत्यु भएको हो ।
  • खाल्डोबाट निकालेर उपचारका लागि बिर्तामोडको बिर्ता सिटी हस्पिटल लगिएको थियो ।
  • बालिकालाई मृत घोषित गरेको प्रहरीले जनाएको छ ।

झापा । झापाको अर्जुनधारा नगरपालिका -४ स्थित मदनपुर नजिक आइतबार बिहान गोबरमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।

स्थानीय राज अधिकारीकी ३ वर्षीया छोरी योजनाको गोबरको खाल्डोमा डुबेर मृत्यु भएको हो । घर नजिकै आमासँगै खेतबारीमा खेल्दै पुगेकी ३ वर्षीया योजनाको गोबर ग्यासको खाल्डोमा डुबेर मृत्यु भएको प्रहरी चौकी शनिश्चरेले जनाएको छ ।

बिहान ९ बजेतिर प्याज रोप्न आमा बारीमा गएपछि बालिका पनि नजिकै खेल्दै थिइन् । तर, एकछिन पछि बालिका नदेखिएपछि खोजी गर्दा नजिकैको गोबरले भरिएको खाल्डोमा फेला परेकी थिइन् । करिब ३ फिट गहिरो खाल्डोबाट निकालेर उपचारका लागि बिर्तामोडको बिर्ता सिटी हस्पिटल लगिएको थियो । तर, त्यहाँ पुराउनसाथ चिकित्सकले बालिकालाई मृत घोषित गरेको प्रहरीले जनाएको छ । घटनापछि इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडको एक टोलीले घटनास्थलको मुचुल्का उठाएको छ भने बालिकाको शव पोष्टमार्टमका लागि मेची अञ्चल भद्रपुर लगिएको प्रहरीले जनाएको छ । न्यूज सञ्जालमा खबर छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

One Response

  1. Arjundhara Covid19 status before vaccination k cha? Please share ward and genderwise, please! This info. is very important for the local people in future safeguard!

Leave a Reply

Your email address will not be published. Required fields are marked *