इनरुवा। नेपाल यादव सेवा समिति दुहवीले गोरखापत्र दैनिकका इनरुवा समाचारदाता जयकृष्ण यादवसहित पाँच पत्रकार सम्मानित भएका छन् । समितिको पदस्थापना तथा सम्मान कार्यक्रममा गोरखापत्रकर्मीसहित यादव समुदायका पाँच पत्रकारलाई सम्मान गरेको हो ।
सम्मानित पत्रकारमा गोरखापत्रकर्मी जययकृष्ण यादवसहित नेपाल टेलीभिजनका सन्तोष यादव, रेडियो नेपालका आषिश यादव, सत्य संसार साप्ताहिकका विनायकप्रसाद यादव र दिपेन्द्रकुमार यादव रहनुभएको छ । दोसल्ला र सम्मानपत्रसाथ उहाँहरुलाई सम्मानि गरेको समितिका दुहवी अध्यक्ष गोविन्द यादवले जानकारी दिनुभयो ।
त्यसैगरी नगर क्षेत्रका छोरी र बुहारी सहितका (१०+२ उत्तीर्ण) महिलालाई सम्मान गरेको समितिका दुहवी अध्यक्ष गोविन्द यादवले जानकारी दिनुभयो । यादवका अनुसार नयाँ कार्य समितिको पदभार ग्रहणसहित तथा साँस्कृतिक झाँकी समेत प्रस्तुत गरिएको थियो ।
दुहबीमा नेपाल यादव सेवा समिति नगर कमिटी दुहवीको पदस्थापनको अवसरमा ५० जना ज्येष्ठनागरिक, पाँच पत्रकार तथा २० बुद्धिजिवी र ३० जना महिला (१०+२ उत्तीर्ण) लाई सम्मान गरेको हो ।
यादव समुदायका ६५ वर्ष बढी उमेर समूहका ज्येष्ठ नागरिकलाई समाजमा योगदान गरेको जिउँदो इतिहास भएको भन्दै दोसल्ला र सम्मानपत्रका साथ सम्मानित गरेको समितिले जनाएको छ ।
कार्यक्रमका प्रमुख अथिति कोशी प्रदेशसभा सदस्य रामदेव यादवले दुहवीमा यादवको एकता, संस्कृति र संस्कार संरक्षण गर्ने उद्देश्यले आयोजित कार्यक्रमले सार्थक सन्देश प्रवाह गरेको बताउनुभयो ।
दुहवीका नगर प्रमुख वेदनारायण गच्छदारले देशको प्रमुख १० जाती भित्र रहेको यादव समुदायको जनसंख्या दुहबीमा अन्य स्थानीय तहको भन्दा कम संख्या भए पनि सार्थक उपस्थिति रहेको चर्चा गर्नुभयो ।
कार्यक्रममा नेपाल यादव सेवा समितिको सुनसरी अध्यक्ष देवकृष्ण यादव, मोरङ अध्यक्ष सोभिदलाल यादव, भोक्राहा नरसिंह अध्यक्ष रमेश यादव, इटहरी अध्यक्ष दिपनारायण यादव, बर्जुका अध्यक्षसहित पदाधिकारी एवं प्रतिनिधिहरू, समुदायका अगुवा, बुद्धिजीवी, शिक्षाप्रेमी, चिकित्सक, स्वास्थ्यकर्मीसहितको उपस्थिति थियो ।
कार्यक्रममा दुहवीका नगर उपप्रमुख मेनुका पोखरेल खतिवडा, गढी गाउँपालिकाका पूर्व अध्यक्ष श्रीप्रसाद यादव, मनोज यादव, रामचन्द्र यादव लगायतले बोल्नुभएको थियो ।
सम्मानित हुनेमा रन्जना यादव, देवसुन्दरी यादव, गिता यादव, अन्जु यादव, रिता यादव, मन्जु यादव, सिता यादव, रामवती कुमारी यादव, इन्दु यादव, सुश्मा यादव, अंकिता यादव, निकिता यादव, प्रिया यादव, भुमिका यादव, सरिता यादव, पुनम यादव, किरण यादव, अन्जली यादव, मन्जु यादव, पुष्पा यादव लगायत हुनुहुन्छ ।