Search
Close this search box.
Search
Close this search box.

गौरादहमा बिहेमा सर्यो कोरोनाः बेहुला र बेहुलाकी आमाको मृत्यु

झापा । झापाको गौरादह ४ मा बिहेघरमा कोरोना संक्रमण देखिँदा बेहुला र बेहुलाकी आमाको मृत्यु भएको छ ।बेहुला गौरादह ४ खङटाका ३० वर्षीय सन्तोष ताजपुरियाको कोशी कोभिड अस्पतालमा गएराति १२.४५बजे मृत्यु भएको हो ।

यसअघि आमा शान्तिदेवी ताजपुरियाको बैशाख २३ गते मृत्यु भएको थियोे । बैशाख १५ गतेतिर सन्तोषको विवाह भएको थियो । विवाह भएको केही दिनमै बेहुला सन्तोष ,उनकी नवदुलही, आमासहित पाँच जनाको पुरै परिवारलाई संक्रमण देखिएको थियो । उपचारका क्रममा सन्तोषकी आमा शान्तिदेवीको बैशाख २३ गते मृत्यु भएको हो ।

सन्तोष बैशाख २४ गतेदेखि उपचाररत थिए । गएराति उनको पनि मृत्यु भएको नगरपालिकाका स्वास्थ्य शाखाका गोविन्द श्रेष्ठले जानकारी दिए । त्यस्तै सन्तोषकी श्रीमतीको कोशी कोभिड अस्पतालमा उपचार भइरहेको उनले बताए ।

मानिसको भीडभाड हुनेगरी भएको विहेबाटै संक्रमण सरेको नगरपालिकाका प्रवक्ता नगेन्द्र भण्डारीले बताए ।योसँगै गौरादहमा नयाँ भेरियन्टबाट मृत्यु हुनेको सँख्या ५ पुगेको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *