Search
Close this search box.
Search
Close this search box.

गौरी लामा शैक्षिक पुरस्कार डिन्छेनलाई 

राेङ|

शिक्षा अभियन्ता गाैरी लामा शिक्षा पुरस्कार डिन्छेन गाेम्देनलाई प्रदान गरिएको छ । 

राेङ गाउँपालिका वडा न ६ ले वडाका सामुदायिक विद्यालयहरूबाट उत्कृष्ट जिपिए ल्याउने एक जना विद्यार्थीलाई हरेक वर्ष बितरण गर्ने गरेको २५ हजार राशीका पुरस्कार यसवर्ष मोतिराम माविमा अध्ययन गरि एसईई परीक्षामा उत्कृष्ट छात्र गाेम्देनले पाएका हुन्। 

राेङ गाउँपालिकामा अध्यक्ष मनिकुमार स्याङ्वाेकाे प्रमुख आतिथ्यता, सामाजिक विकास समिति राेङका प्रमुख तथा ६ नम्बर वडाका अध्यक्ष सत्यम् राई चाैरासेकाे विशेष आतिथ्यता भएको थियो। 

पुरस्कार  बितरण कार्यक्रममा शिक्षाविद् दल बहादुर मोक्तानले गौरी लामाको बारेमा प्रकाश पार्नुभएको थियो भने सरस्वती माविका प्रधानाध्यापक गोविन्द पौडेलले शुभकामना मन्तव्य राख्नु भएको थियाे । 

गत वर्षको एसईइ परीक्षामा समेत राेङ गाउँपालिकाकै उत्कृष्ट बनेका गाेम्देनलाई गाउँपालिकाले शिक्षा दिवसका अवसरमा प्रशंसा पत्रले सम्मान गरेको थियो। 

आज गौरी लामाको पनाति रोहित स्याङ्वाेले सम्मानपत्र र गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्वाे र वडाध्यक्ष सत्यम् राई चाैरासेले नगद पुरस्कार बितरण गर्नु भएको थियो । 

को हुन् शिक्षा अभियन्ता गौरी लामा? 

धेरैलाई थाहा नहुन सक्छ आँखिर काे हुन् त शिक्षा अभियन्ता भनिएका गौरी लामा । सुगौली सन्धिमा दार्जिलिङमा बस्ने शिक्षित व्यक्ति थिए उनी । 

जव सुगौली सन्धिबाट नेपालको सिमाना मेची नदी कायम भयो उनी म नेपाली हुँ र नेपालमै बस्छु भनेर अहिलेको राेङ गाउँपालिका वडा नम्बर ६ को सलकपुर नजिकै कात्तिके भन्ने स्थानमा आएर बसोबास गरिरहेका छन्। उनी सलकपुरमा आएर राणाकालीन समयमा २००४ सालमा विद्यालय स्थापना गरेर शिक्षाको ज्योति फैलाउँदै रहेको अनि २००८ सालमा सञ्चालक समितिमा रहेर सलकपुरमा मिडिल स्कुल बनाउने  प्रस्तावक रहेको र त्यसको समर्थनमा  विश्वनाथ घिमिरे ( कान्छा महाजन ) जसलाई पचायले हत्या गर्‍यो। 

शहीद मनिराज भारतीले समर्थन  गरेको दस्तावेज अहिले पनि रहेको विद्यालयका पूर्वप्रधानाध्यापक दलबहादुर मोक्तानले बताए। 

गौरी लामाले कातिके सुरु गरेको  सुन्तला खेतीनै पछि सलकपुरमा विस्तार भएको हो। 

राेङ गाउँपालिका वडा नम्बर ६ को लामिटार आधारभूत विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य प्रधानाध्यापक लाखबहादुर सावाले गरेका थिए।  कार्यक्रम सञ्चालन वडा नम्बर ६ का वडा सचिव खगेन्द्र  खतिवडाले गरेका थिए 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *