क्रिकेटर सन्दीप लामिछानेबाट बलात्कृत भएकी गौशाला २६ को फोटो भन्दै एक युवतीको फोटो सार्वजनिक गर्ने युवक पक्राउ परेका छन् । प्रहरीले उनलाई संखुवासभाबाट मंगलबार पक्राउ गरेको हो ।
संखुवासभा डीएसपी घनश्याम श्रेष्ठले यो प्रकरणमा खुवासभाको चिचिला गाउँपालिका ३ का ३२ वर्षीय केशरमान राई पक्राउ परेको जानकारी दिए । उनले राईलाई मंगलबार काठमाडौं पठाइएको बताए ।
सन्दीप लामिछाने बलात्कार मुद्दामा दोषी ठहर भएपछि पीडित युवतीको तस्वीर भन्दै एक युवतीको तस्वीर सामाजिक सञ्जालमा भाइरल बनाइएको थियो । त्यसपछि गौशाला २६ ले नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएकी थिइन् । पक्राउ परेका राईलाई प्रहरीको साइबर ब्यूरोमा ल्याइँदैछ । साइबर ब्यूरोबाटै उनीमाथि अनुसन्धान हुनेछ ।