ग्यांस लिक हुँदा भद्रपुरमा दुई जलेर नष्ट

भद्रपुरमा खाना पकाउने ग्यास लिक हुँदा दुई वटा घर पूर्णरुपमा जलेर नष्ट भएका छन् । 

EPIC

भद्रपुर नगरपालिका– ५ स्थित झिम्कीचोक निवासी रोहित कामती र सोही ठाउँका अजय रसाइलीको घरमा सोमबार दिउँसो सवा ४ बजेको आगलागी हुँदा साढे पाँच लाखको क्षति भएको छ । 

EPIC EPIC EPIC


कामतीको घरमा खाना पकाउने ग्यास सिलिन्डरबाट ग्यास लिक भई आगलागी भएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । 


कामतीको टिनको छानो, टिनको बेरा भएको एक तले घर, भाडावर्तन, लत्ता कपडा, फ्रिज लगायतका सरसामान जल्दा करिब ४ लाख रुपैयाँ क्षति भएको छ । 


त्यस्तै रसाइलीको टिनको छानो, टिनको बेरा भएको घर आंशिक रुपमा जल्दा करिब डेढ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । 
घरमा लागेको आगो भद्रपुर नगरपालिकाको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिएको थियो । आगलागीबाट कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *