ग्यालेक्सी फोरकेका प्रमुख जीबी राईविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं। ग्यालेक्सी फोरकेका प्रमुख तथा सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक जीबी राईविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

EPIC

पोखरामा रहेको सूर्यदर्शन बचत तथा ऋण सहकारीका सञ्चालक समेत रहेका राईको समुह विरुद्ध वचतकर्ताको रकम डुबाएको आरोपमा उजुरी परेपछि पक्राउ पुर्जी जारी भएको जनाईएको छ।

EPIC EPIC EPIC

स्रोतका अनुसार जीबी समूहको पहिलो सहकारीविरुद्ध् ९ सय ७१ बचतकर्ताहरूले आफ्नो १ अर्ब ८ करोड ११ लाख ८६ हजार ८ सय ३९ रूपैयाँ डुबेको भन्दै उजुरी दिएका छन्। उजुरी परेपछि जिल्ला प्रहरी कार्यालय कास्कीले भाद्र २२ गते जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता गरेको छ।

अदालतले दिएको जानकारी अनुसार बचतकर्ताहरूले जाहेरी दिएको आधारमा राईसहित ७ जनाविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीको स्रोतका अनुसार सूर्यदर्शन सहकारी जीबी समूहकै सहकारी हो।

अहिले यसको अध्यक्षमा थानबहादुर बुढा छन् भने कोषाध्यक्षमा जीबीका मुख्य सहयोगी कुमार रम्तेल छन्। जीबी ग्यालेक्सी टेलिभिजनका सञ्चालक हुन् भने रम्तेलसमेत ग्यालेक्सीमा संलग्न छन्।

प्रहरीले सहकारीका कुनै सञ्चालकलाई पक्राउ गरेको छैन। तर, उनीहरू उच्च निगरानीमा रहेको दाबी गरिएको छ। सहकारीको कुल कारोबार १ अर्ब ५५ करोड रहेको देखिएको छ।

जीबी समूह अन्तर्गत पोखराको सूर्य दर्शनसँगै काठमाडौंको स्वर्णलक्ष्मी सहकारी, बुटवलमा सुप्रिम सहकारी, वीरगन्जमा सानो पाइला, चितवनमा सहारा, काठमाडौंमै हाम्रो नयाँ कृषि सहकारी, नेपालगन्जमा समानता, काठमाडौंमै लालीगुराँस र ललितपुरमा कल्याण उपकार सहकारी रहेका छन्।

यी सबै सहकारीमा बचतकर्ताले रकम फिर्ता नपाएको भन्दै विवाद हुँदै आएको छ। सबै सहकारीमा बचतकर्ताको १६ अर्बभन्दा बढी बचत रकम रहेको देखिन्छ। जीबी समूह सहकारीसँगै नेटवर्किङ व्यवसायमा समेत संलग्न रहेको जनाईएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *