Search
Close this search box.
Search
Close this search box.

बिर्तामोडमा ग्लोबल ओरियन्स नेपालको बिक्रि कक्षको उद्घाटन

बिर्तामोड। स्वास्थ र सुन्दरतालाई प्राथमिकतामा राखी आफ्ना ग्राहकहरुलाई गुणस्तरीय सामग्रीहरु बिक्री गर्दै आएको ग्लोबल ओरियन्स नेपालले झापाको ब्यापारिक केन्द्र बिर्तामोड-४ भद्रपुर रोडमा नयाँ बिक्री कक्ष उद्घाटन गरेको छ ।

बिर्तामोड न.पा का प्रमुख ध्रुवकुमार शिवाकोटीको प्रमुख आतिथ्यता रहेको सो कार्यक्रममा बिर्तामोड वडा न. ४ का वार्ड अध्यक्ष कुलप्रसाद संग्रौला ,वरिष्ठ एजेन्सी म्यानेजर वेद प्रकास गोदार लगायतको उपस्थिति रहेको कार्यक्रमको सभापतित्व बिक्री कक्ष सन्चालक प्रमुख डिल्ली हुमागाईले गरेका थिए ।

यस कम्पनीले बेरोजगारहरुलाई रोजगार प्रदान गर्ने उद्देश्यका साथ नेपाल सरकारको कानुन बमोजिम अगि बढने लक्ष्य राखेको प्रष्ट पार्दै आजको हरेकको आवस्यकता भनेको स्वास्थ र समृद्धि रहेको र त्यसको लागि ग्लोबल ओरिन्यस कम्पनी एउटा कोशे ढुङ्गा बन्ने बिक्री कक्ष सन्चालक नवीन अधिकारिले बताए ।

उक्त कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख शिवाकोटीले शुभकामना सहित कम्पनीको उत्तर उत्तर प्रगतिको कामना गर्नु भएको थियो ।यस कार्यक्रमको संचालन सुरज दंगालबाट गरेका थिए ।

बिर्तामोड सङ्गै देशका मुख्य शहरहरुमा आफ्नो बिक्री कक्षहरु सन्चालनमा ल्याएको कम्पनीले बिशेषत प्रत्यक्ष बिक्री प्रणालीमा ब्यवसाय गरेर अगाडि बढिरहेकाे छ । कम्पनीको मुख्य कार्यालय काठमाडौ महानगरपालिका-१६ रहेको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *