Search
Close this search box.
Search
Close this search box.

घट्यो रासायनिक मलको आयात

झापा । वैशाख मसान्तसम्मको अवधिमा विदेशबाट आयात हुने रासायनिक मलको परिणाम घटेको भन्सार विभागको तथ्याङ्कले जनाएको छ । चालू आर्थिक वर्ष २०८०र८१ को १० महिनाको तथ्यांकअनुसार रासायनिक मलको आयात परिणाम घटेको हो ।

यो १० महिनाको अवधिमा विदेशबाट २५ अर्ब ५६ करोड रुपैयाँ बराबरको रासायनिक मल भित्रिएको छ । जुन, गत आर्थिक वर्ष २०७९र८० को यही अवधिमा ३१ अर्ब ८७ करोड रुपैयाँको आयात भएको थियो । यो गत वर्षको तुलनामा ६ अर्ब ३१ करोडको गिरावट हो ।

EPIC EPIC

नेपालमा आयात हुने रासायनिक मल लगायत अन्य प्रकारका मल १३ वटा देशबाट भित्रिने गरेका छन् । मुख्यगरी, भारत, चीन र गल्फ राष्ट्रबाट रासायनिक मलको आयात हुने गरेको छ । यस अवधिमा जनावर र खेतीमा प्रयोग हुने मल, युरिया, एनोमियम सल्फेट, सोडियम नाइट्रेट, पोटासियम लगायतका मल आएका छन् ।

तुर्किमिनिस्तानबाट १ अर्ब ११ करोडको युरिया आयात हुँदा साउदी अरेबियाबाट १ अर्ब ११ करोड रुपैयाँको नै युरिया भित्रिएको छ । यस्तै रुसबाट २ अर्ब ५५ करोडको युरिया, कतारबाट १ अर्ब ८९ करोडको र ओमानबाट ४ अर्ब ७० करोडको युरिया आयात भएको छ । यता चीनबाट २५ करोडको र ब्रुनाईबाट ३ अर्ब ४६ करोडको युरिया भित्रिएको तथ्याङ्क छ ।

यस्तै संयुक्त राज्य इमिरेट्सबाट ८३ लाख र भारतबाट ४२ लाखको युरिया आयात हुँदा जनावर र खेतीमा प्रयोग हुने अन्य रासायनिक मल भारतबाट ५ करोड १३ लाख रुपैयाँको आयात भएको छ । यस्तै टर्कीबाट १० करोडको युरिया र एमोनियम मिश्रित रासायनिक मल भित्रिएको तथ्याङ्क छ । क्यानडाबाट ३३ करोड ६४ लाखको पोटास र तुर्किमिनिस्तानबाट ४४ करोड १५ लाखको पोटास भित्रिएको छ ।

यसबाहेक नेपालमा इन्डोनेसिया, दक्षिण कोरिया, मोरोक्को, जापान र अमेरिका तथा जर्मनीबाट समेत विभिन्न प्रकारका रासायनिक मल आयात हुने गरेका छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *