घरजग्गा कारोबार गर्न इजाजत पत्र अनिवार्य

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले महानगरपालिका र उप–महानगरपालिका क्षेत्रमा व्यावसायिक रूपमा घरजग्गा कारोबार गर्ने फर्म, कम्पनी वा संस्थाहरूका लागि इजाजत पत्र लिन सार्वजनिक सूचना जारी गरेको छ ।

मालपोत ऐन, २०३४ को दफा २६ (क) र २६ (ख) को व्यवस्था बमोजिम प्राकृतिक वा कानुनी व्यक्तिले घरजग्गा सम्बन्धी कारोबार गर्न इजाजत लिनुपर्ने प्रावधान अनुसार विभागले यो सूचना निकालेको छ ।

EPIC EPIC EPIC

नेपाल राजपत्रमा मिति २०८२/०६/२७ मा प्रकाशित सूचना अनुसार महानगर र उप–महानगरपालिका क्षेत्रमा एक पटकमा ३ करोड रुपैयाँभन्दा बढीको कारोबार गर्ने इच्छुक फर्म वा कम्पनीले अनिवार्य रूपमा इजाजत पत्र लिनुपर्नेछ । सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र विभागको अनलाइन मार्फत निवेदन दिन आग्रह गरेको छ । 

इजाजत पत्र लिनका लागि कारोबारको सीमा अनुसार ५ करोड रुपैयाँसम्मको कारोबार गर्नेका लागि ५ लाख रुपैयाँ र ५ करोड रुपैयाँभन्दा बढीको कारोबार गर्नेका लागि १० लाख रुपैयाँ बुझाउनुपर्ने विभागले जनाएको छ । 

Shivam Cement

आवेदकले मालपोत नियमावली, २०३६ को अनुसूची–८ बमोजिमका कागजातहरू स्क्यान गरी अनलाइनमा अपलोड गर्नुपर्नेछ । अनलाइन आवेदन दिइसकेपछि त्यसको एक/एक प्रति प्रिन्ट गरी विभागमा समेत बुझाउनुपर्ने व्यवस्था गरिएको छ ।

यस्तै, कम्पनी वा संस्थाका सञ्चालक सदस्यहरूले आफू कुनै पनि आपराधिक क्रियाकलापमा संलग्न नरहेको ब्यहोराको स्व–घोषणा पत्र (प्रहरीको केन्द्रीय अपराध सूचना अभिलेखालयको आधारमा) समेत पेस गर्नुपर्ने विभागले जनाएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च