चक्कु प्रहार गरी युवकको हत्या

काठमाडौं । रौतहटमा एक युवकको हत्या भएको छ। वृन्दावन नगरपालिका ३ का १८ वर्षीय नन्दकिशोर रामको गएराति हत्या भएको हो।

EPIC

उनलाई छिमेकी १९ वर्षीय रवि रामले सामान्य विवादमा चक्कु प्रहार गरेको खुलेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख एसपी सिद्धिविक्रम शाहले बताए।

प्रहरीले रविलाई नियन्त्रणमा लिएको छ। उनीविरुद्ध प्रहरीले मंगलबार कर्तव्य ज्यान मुद्दा दर्ता गरी अनुसन्धानको लागि म्याद थप अनुमति लिने तयारी गरेको छ।

EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

tihar