चखेवा होटलको उद्घाटन

बुधबारे (पालिका सन्देश) । बुद्धशान्ति- ३ कालिखोला छेउमा रहेको चखेवा होटल एण्ड रेस्टुरेन्टको बिधिवत रुपमा उद्घाटन गरिएको छ ।

बुधबारे जेसीजले आफ्ना सदस्यहरुको व्यवसायलाई प्रर्बद्धन गर्न बिभिन्न कार्यक्रम गर्दै आएको छ । यसै क्रममा चखेवा होटलको उद्घाटन गरिएको हो । उक्त होटल बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईं, उपाध्यक्ष भवानी खतिवडा, तथा उद्योग वाणिज्य संघ बुद्धशान्तिका अध्यक्ष चन्द्र उप्रेती, सातै वटा वडाका वडाध्यक्षले रिवन काटेर उद्घाटन गरेका हुन् ।

EPIC EPIC EPIC

बुधबारे जेसीजका अध्यक्ष मुकेश भट्टराईको अध्क्षता तथा बिष्णु लामिछानेको संयोजकत्वमा भएको कार्यक्रमा होटलका संचालक नन्दुयाफु राईले होटलको सेवा सुबिधाबारे जानकारी गराउँदै स्वागत गरेका थिए । कार्यक्रमको सञ्चालन महासचिव अर्जुन ढकालले गरेका थिए ।

शान्त र पारिवारिक वातावरणमा रमाउन चाहानेहरुका लागि यो होटल बिशेष रुपमा रहेको संचालक राईको भनाई छ । होटल पूर्ण रुपमा सेवाग्राहीको इच्छा र आकांक्षा अनुसार नै सञ्चालनमा रहेकाले कुनै कमी हुन नदिने बताए । सेवाग्राहीको सन्तुष्टि नै मेरो सन्तुष्टि रहेको राईले बताए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *