Search
Close this search box.
Search
Close this search box.

चट्याङ लागेर बझाङमा चारजना घाइते

बझाङ । बझाङको खप्तडछान्ना गाउँपालिका-७ गोरखालीमा चट्याङ लागेर चार जना घाइते भएका छन् ।

मङ्गलबार साँझ ७ः१५ बजे आइते रावतको घरमा चट्याङ लाग्दा नजिकै रहेका चार जना घाइते भएका हुन् । घाइतेमध्ये बेलुदेवी खड्का, लुरी खुड्का र दुदा रावत अचेत अवस्थामा छन् । एकिन्द खड्काको अवस्था सामान्य रहेको स्थानीय वाल्मीकि जोशीले जानकारी दिए ।

घाइतेलाई उपचारका लागि स्थानीयले गडराय स्वास्थ्य चौकी लाँदै गरेको स्थानीय फिट्टु खड्काले बताए । चट्याङ्ले घाइते भएको खबर सुन्नासाथ खप्तडछान्ना गाउँपालिकाको अस्थायी प्रहरी पोष्ट पाटादेवलबाट प्रहरीको टोली घटनास्थलतर्फ गइरहेको प्रहरी नायब उपरीक्षक भरत शाहले जानकारी दिए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *