चन्द्रागिरिको आईपीओ खुल्यो, सर्वसाधारणका लागि १३ लाख ९६ हजार २२ कित्ता

छोटकरीमा
कम्पनीले आजदेखि सर्वसाधारणका लागि १३ लाख ९६ हजार २२ कित्ता आईपीओको बिक्री खुला गरेको हो।
यसअघि कम्पनीले मङ्सिर १७ गतेदेखि आयोजना प्रभावित स्थानीयलाई सेयर बिक्री गरेको थियो।

EPIC


पुरा पढ्नुहोस्

काठमाडौं। चन्द्रागिरि हिल्सले आजदेखि सर्वसाधारणका लागि साधारण सेयर आईपीओको बिक्री खुला गरेको छ।

कम्पनीले आजदेखि सर्वसाधारणका लागि १३ लाख ९६ हजार २२ कित्ता आईपीओको बिक्री खुला गरेको हो।

EPIC EPIC EPIC

यसअघि कम्पनीले मङ्सिर १७ गतेदेखि आयोजना प्रभावित स्थानीयलाई सेयर बिक्री गरेको थियो।

EPIC

कम्पनीले आजदेखि बिक्री खुला गरेको कूल १५ लाख ३४ हजार ९१ कित्तामध्ये कर्मचारीलाई ६१ हजार ३६४ कित्ता र सामूहिक लगानी कोषलाई ७६ हजार ७०५ कित्ता छुट्याइएको छ।

कर्मचारी र सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी बसेको आईपीओमा सर्वसाधारणले लगानी गर्न पाउनेछन्। कम्पनीको सेयर बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ।

सर्वसाधारणले मेरो सेयर तथा सीआस्वामा आबद्ध जुनसुकै बैंक तथा वित्तीय संस्थामार्फत् न्यून १० कित्ता सेयरका लागि आवेदन दिनसक्ने जनाइएको छ।

EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

tihar