चार महिनामा ३ खर्ब ६२ अर्बको व्यापार घाटा, गत वर्षको तुलनामा ५२ अर्ब न्यून

काठमाडौं। चालु आर्थिक वर्षको पहिलो चार महिनामा नेपालले वैदेशिक व्यापारमा तीन खर्ब ६२ अर्ब रूपैयाँ घाटा बेहोरेको छ।

EPIC

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार साउनदेखि कात्तिकसम्ममा नेपाललाई उक्त रकम बराबरको व्यापार घाटा भएको हो। यद्यपि, वैदेशिक व्यापारमा नेपालले बेहोरेको घाटामा निरन्तर सुधार हुँदै आएको विभागले जानकारी दिएको छ।

यस वर्षको पहिलो चौमासिकमा गत वर्षको सोही अवधिको तुलनामा व्यापार घाटा ५२ अर्ब रूपैयाँ न्यून भएको देखिएको छ। यो नेपालको व्यापार घाटामा १२.४९ प्रतिशतको सुधार हो। गत वर्षको सोही अवधिमा नेपालले चार खर्ब १४ अर्ब रूपैयाँको व्यापार घाटा बेहोरेको थियो।

बढ्यो निर्यात

EPIC EPIC EPIC

विभागको तथ्यांकअनुसार चार महिनामा नेपालको निर्यात १०.८१ प्रतिशतले बढेको छ। यस अवधिमा नेपालबाट ४० अर्ब २० करोड रूपैयाँको निर्यात भएको छ। गत वर्षको कात्तिकसम्ममा जम्मा ३६ अर्ब २७ करोड रूपैयाँको निर्यात भएको थियो।

EPIC

चालु आवको पहिलो चार महिनामा नेपालबाट भटमासको प्रशोधित तेल र चियाको निकासी धेरै मात्रामा भएको तथ्यांक छ। जसले नेपालको निर्यात सूचकांक सुधार्न सहयोग गरिरहेको विभागको भनाइ छ।

निरन्तर घट्दै आयात

चालु आवको पहिलो महिनादेखि नै ओरालो लागेको आयात चार महिनासम्म पनि कायम छ। यस अवधिसम्म आइपुग्दा नेपालले गत वर्षको भन्दा १०.६२ प्रतिशत न्यून सामान आयात गरेको छ।

यस अवधिमा नेपालमा चार खर्ब दुई अर्ब रूपैयाँ बराबरको सामान भित्रिएको छ। अघिल्लो वर्ष चार खर्ब ५० अर्ब रूपैयाँको सामान भित्रिएको थियो। महामारीले पेट्रोलियम पदार्थदेखि अधिकांश वस्तुको आयात घट्दा समग्र आयात नै घटेको विभागको भनाइ छ।

EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

tihar