Search
Close this search box.
Search
Close this search box.

चिउँडोमा मास्क लगाएर नहिँडौ, व्यक्ति स्वयम् सजग बनौं

यद्यपि अवस्था जटिल बन्दै गएको र अझ जटिल बन्न सक्ने अवस्थालाई मध्यनजर गरेर अब व्यक्ति स्वयम् अत्यन्त सजग बन्न आवश्यक छ । कुनै ठाउँमा कोरोना सङ्क्रमित फेला परेपछि कन्ट्याक्ट ट्रेसिङ नभइरहेको अवस्थामा संक्रमितका सम्पर्कमा आएका व्यक्तिले स्वयम् आफै आफूलाई जाँच्न वा केही दिनसम्मका लागि अरुबाट छुट्टै बस्न आवश्यक देखिएको छ ।

देशभर दैनिक २ हजार ५ सय जनाको हाराहारीमा कोरोना भाइरस संक्रमित थपिँदै गए पनि हेलचेक्र्याइँ अत्यधिक बढेको पाइएको छ ।
यही अवस्थामा संक्रमण थपिँदै गए हाल रहेको स्वास्थ्य संरचनाले धान्न नसक्ने सरकारले प्रस्ट पारिसकेको छ । तर, कोरोना रोकथामको अचुक उपाय मानिएको भौतिक दूरी कायम, मास्क समुचित प्रयोग र सरसफाइलगायत गर्न अधिकांश नागरिकले आनाकानी गर्दै आएका छन् ।

त्यस्तै, नियमनकारी निकाय सरकार र राजनीतिक दलले समेत जनस्वास्थ्य मापदण्ड पालना उल्लंघन गर्दै आएका छन् । अहिले दैनिकजसो शीर्ष दलले भेला, बैठक जारी नै राखेका छन् । देशका मुख्य सहरमा भिडभाड कम हुन सकेको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ जनाभन्दा बढी भेला हुन रोक लगाए पनि कार्यान्वयन भइरहेको छैन ।

मुख्यतः सार्वजनिक यातायातमा सवार गर्दा भौतिक दूरी कायम हुन सकेको भने मास्क र घरबाहिर निस्किँदासमेत सेनिटाइजर उचित प्रयोग हुन सकेको छैन । सरकारले जनस्वास्थ्य मापदण्ड जारी गरे पनि कार्यान्वयन फितलो देखिएको छ । विभिन्न मेला, जात्रासमेत जारी छन् । विवाह, पार्टी जनस्वास्थ्य मापदण्ड पालनाबिनै भइरहेका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना जोखिम अत्यधिक बढेको भन्दै २५ जनाभन्दा बढी भेला नहुन आम नागरिकलाई आग्रह गरेका छन् । ‘भौतिक दूरी कायम नहुने, मास्क समुचित प्रयोग नहुने र सरसफाइमा ध्यान दिइएन भने जोखिम दर बढ्दै जान्छ,’ उनले भने ।

देशभरका स्थानीय प्रशासनले जनस्वास्थ्य मापदण्ड कार्यान्वयन गर्न पत्राचार गरे पनि सो विषय लागू हुन सकेको छैन । सरकारले समेत मापदण्ड उल्लंघन गर्नेलाई कारबाही दायरामा ल्याउन सकेको छैन । संक्रमण जोखिम बढे पनि केही नागरिकमा डरत्रास मान्न छाडेका छन् ।

चिउँडोमा मास्क लगाएर हिँड्ने गरेको समेत पाइएको छ । घरबाहिर निस्किँदा साबुनपानी नभएको बेला हातले केही छोए सेनिटाइजर उचित प्रयोग गर्ने भनिए पनि त्यसो हुन सकेको छैन । अझै सरकारको निर्देशनविपरीत केही विद्यालयले विद्यार्थीलाई भौतिक दूरीसहित पठनपाठन गराइरहेका छन् ।

बिरामी आवतजावत हुने स्थान मानिएको अस्पतालमा समेत भौतिक दूरी कार्यान्वयन चुनौतीपूर्ण बन्दै गएको छ । बजारमा सामान खरिद क्रममा जनस्वास्थ्य मापदण्ड कार्यान्वयन हुन सकेको छैन ।

सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले कोरोना संक्रमणबाट बच्न हेलचेक्र्याइँ गर्न नहुनेमा जोड दिन्छन् । ‘सबैभन्दा महत्वपूर्ण आत्मानुशासन हो, भिडभाड हुने ठाउँमा कोरोना फैलिने सम्भावना रहन्छ,’ पुनले भने, ‘कोरोना रोकथामका लागि जनस्वास्थ्य मापदण्ड पालना गर्नुपर्छ ।’
यसैबीच, औषधि व्यवस्था विभागले कोरोना उपचारमा प्रयोग हुने रेम्डिसिभिर औषधि आयात अनुमति दिएको छ । बंगलादेशमा उत्पादित ३० हजार भाइल रेमडिसिभिर औषधि आयातका लागि विभागले अनुमति दिएको हो ।

यद्यपि अवस्था जटिल बन्दै गएको र अझ जटिल बन्न सक्ने अवस्थालाई मध्यनजर गरेर अब व्यक्ति स्वयम् अत्यन्त सजग बन्न आवश्यक छ । कुनै ठाउँमा कोरोना सङ्क्रमित फेला परेपछि कन्ट्याक्ट ट्रेसिङ नभइरहेको अवस्थामा संक्रमितका सम्पर्कमा आएका व्यक्तिले स्वयम् आफै आफूलाई जाँच्न वा केही दिनसम्मका लागि अरुबाट छुट्टै बस्न आवश्यक देखिएको छ ।

किनभने, अब व्यक्ति आफू स्वयम् सजग बनेमामात्रै आफू बच्नुका साथै आफ्ना परिवार, छरछिमेकलाई बचाउन सकिने अवस्था सृजना भएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *