Search
Close this search box.
Search
Close this search box.

चितवनमा चार सवारीसाधन ठोक्किँदा एकजनाको मृत्यु, २३ जना घाइते

चितवन । चितवन भरतपुर महानगरपलिका वडा नं. २९ को नारायणगढ–मुग्लिङ सडक खण्डको सत्र किलो भन्ने स्थानमा चारवटा सवारी साधन एकैठाउँमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ । गएराती भएको सो दुर्घटनामा २३ जना घाइते भएका छन् भने घाइतेमध्ये सात जनाको अवस्था गम्भीर रहेको हाम्रा चितवन सम्वाददाता राजेन्द्र आचार्यले जनाएका छन् ।

काठमाण्डौबाट प्युठानतर्फ आउँदै गरेको बा ४ ख ९०८६ नं. को बस, नारायणगढदेखि मुग्लिनतर्फ जाँदै गरेको ना ३ ख ७९१५ नं. को ट्रक, काठमाण्डौबाट महोत्तरी बर्दिवासतर्फ आउँदै गरेको ना ७ ख ३२४८ नं.को बस र बिरगंञ्जबाट काठमाण्डौतर्फ जाँदै गरेको ना ६ ख ८९६८ नं.को बस एकै ठाउँमा ठक्कर खाँदा सो दुर्घटना भएको हो ।

दुर्घटनामा चार वटै सवारी साधनका चालकसहित २३ जना घाईते भएको र उनिहरुको हालसम्म नाम थर र वतन खुल्न सकेको छैन । घाईतेहरुमध्ये नाम थर वतन नखुलेका अन्दाजी १६,१७ वर्षका युवकको भरतपुर अस्पतालमा उपचारका मृत्यु भएको हो ।

घाइतेहरुको इच्छाकामना आधारभुत अस्पताल कुरिन्टारमा १८ जनाको र चारजनाको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *