चितवनमा न्युक्लियर मेडिसिन सेवा सुरु

चितवन। चितवन मेडिकल कलेजमा चिकित्साशास्त्रको अत्याधुनिक र अति विशिष्ट सेवाअन्तर्गत न्युक्लियर मेडिसिन सेवा सुरु भएको छ। अत्याधुनिक स्पेक्ट सिटी मेसिन भित्रिएसँगै न्युक्लियर सेवा सुरु भएको हो।

EPIC

कलेजले यस किसिमको उपकरण नेपालमा मात्रै नभएर भारतमा पनि अहिले जडानको प्रक्रियामा रहेको दाबी गरेको छ।

अमेरिका, बेलायत र क्यानाडाजस्ता देशमा समेत सर्वसुलभरूपमा उपलब्ध नहुने यो प्रविधि आफूले भित्र्याएको अस्पतालका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा. हरिश्चन्द्र न्यौपानेले दाबी गरे।

यस उपकरण जडानसँगै धेरै बिरामीले उपचार लिने काठमाडौं उपत्यकासहित देशैभरबाट बिरामी आउने उनको भनाइ छ।

EPIC EPIC EPIC

अस्पतालले उपकरण र जडान गरी करिब १४ करोड रूपैयाँ खर्च गरेर सेवा सञ्चालनमा ल्याएको न्यौपानेले जानकारी दिए।

EPIC

अस्पतालको न्युक्लियर मेडिसिन विभाग प्रमुख डा। जीवन पौडेलका अनुसार यस सेवा सुरु भएसँगै मुटु, मस्तिष्क, थाइराइड, फोक्सो, मिर्गौला, कलेजो, हड्डीका साथसाथै शरीरका प्रायः सबै अङ्गको गहन जाँच सम्भव हुन्छ।

EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

tihar