Search
Close this search box.
Search
Close this search box.

चितवनमा बसको ठक्करबाट बालकको मृत्यु

चितवनमा बसको ठक्करबाट अन्दाजी १० वर्षीय बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भरतपुर महानगरपालिका–७ माछापुच्छ्रे चोक बस्ने विक्रम पौडेलको छोरा आरुष पौडेल रहेका छन् ।

सोमबार साँझ ७ः४५ बजेको समयमा भरतपुरबाट माडीतर्फ जाँदै गरेको ना ४ ख ५८१५ नम्बरको बसले माछापुच्छ्रे चोकमा बालकलाई ठक्कर दिएको थियो । बसको ठक्करबाट बालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिनुभयो ।

बसले बालकलाई सडकको जेब्राक्रसमै ठक्कर दिएको थियो । प्रहरीले बस र बस चालक माडी नगरपालिका–८ बस्ने ४१ वर्षीय विकास सार्कीलाई नियन्त्रणमा लिएको छ । बसमा सवार भरतपुर–७ की २१ वर्षीय कोपिला राईको बायाँ हातमा भित्रि चोट लागेको उहाँले जानकारी दिनुभयो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *